पक्राउ परे भगिरथ ,६ महिनमा रकम फिर्ता गर्ने सहमती
देवेन्द्र पौडेल ,इलाम टाइम्स चुलाचुली/बैदेशिक रोजकारी मा पठाइ दिने भन्दै इलाम चुलाचुली गाउपालिकाका १७ युवायुवती हरुको रकम लिएर बेपत्ता भएका सोही गाउपालिका वडा नम्बर ४ निवासी भगिरथ भट्टराइ पक्राउ परेका छन ।
बैदेशिक रोजगारीमा जापान,रोमानिया लगायतका मुलुक पठाइदिने भन्दै भगिरथ ले चुलाचुली गाउपालिका लगयात आसपासका युवायुवतीहरु लाई गत १ साल देखी रकम किस्ताबन्दी मा लिदै गत असोज महिना देखी उनि एकाएक बेपत्ता भएका थिए । चुलाचुली गाउपालिका वडा नम्बर ४ का लोकनाथ गिरी सँग गत बैसाखमा नगद २ लाख लिएका थिए जापान पठाइदिने भन्दै । तर न लोकनाथ जापान गए न त उनको रकम अहिले सम्म फिर्ता नै पाएका छन । यस्तै तरिकाले रकम बुझाउने उनि मात्रै हैन अन्य धेरै छन । यसरि झुक्याउदै ३५ लाख भन्दा धेरै उठाएको उनै भगिरथ ले स्विकारेका छन ।
भगिरथ ले यती सम्म गरेको खुल्न आएको छ कि उमेश लिम्बु नाम गरेको ब्यक्तीले आफ्नो पासपोर्ट मेनपावर बाट फिर्ता ल्याइ सकेको अवस्थामा पनि भाइ तिम्रो तुरुन्तै हुन्छ आजै हुन्छ भोली नै हुन्छ भन्दै झुट बोले पछी भगिरथको असलि ठगी धन्दा खुलेको प्रमाण स्थानिय युवाहरु ले प्राप्त गरेको बताउछन पिडित उमेश लिम्बु । युवाहरु लाई बिश्वाश दिलाउन उनले काम नभएको खण्डमा रकम को ब्याज सहित फिर्ता गर्ने भन्दै कसैलाई एन एम बि बैक को त कसै लाई गोर्खाज फाइनान्स मा उनको नाममा रहेको मौज्दात बिहिन खाताको चेक उनले लिएको रकम बराबर को दिएका थिए ।
यस बिषयमा पिडक भगिरथ को भनाइ भनें अलग छ उनले ति युवा हरु बाट रकम लिएको स्विकारेका छन तर सो रकम आफुले प्रयोग नगरेको र प्रयोग नगरेको भन्दै जिम्मेवारी बाट अलग हुन खोजेको भन्ने पनि हैन उनको भनाइ छ । मैले रकम संकलन गरेर दिएको ब्यक्ती स्वयम फरार रहेको ले आफु समस्या मा परेको उनको दुखेसो छ र साथीहरु संग थप केहि समय मागेर उक्त समय सम्म सो ब्यक्ती बाट रकम फिर्ता गर्न सकिन्छ कि अन्यथा नसकेको खण्ड मा आफै अचल सम्पती बेचबिखन गरेर साथी हरुको रकम फिर्ता गर्ने आफ्नो योजना रहेको बताउछन ।
पछिल्लो समय सम्पुर्ण पिडित हरु एक भइ बिभिन्न माध्यम प्रयोग गरी उनलाई दवाब दिए पछी छटपटाउदै ४ महिना देखी सम्पर्क बिहिन भएका ब्यक्तीहरु लाई भटाभट फोन गर्न थाले, म पौष १ गते आइतबार दमक थानामा आउछु सबै जना त्यही भेटन आउनु भन्दै । तर पिडित युवा हरुले उनलाई दमक बाट जवर्जस्ती मोटरसाइकल मा हालेर ल्याए चुलाचुली गाउपालिका को कार्यलय मा । उपाध्यक्ष को कार्यकक्ष मा झण्डै ४ घण्टा को बसाइ पछी निकास निस्कियो ६ महिनामा सबै को रकम फिर्ता गरिदिने २४ प्रतिशत ब्याजको साथमा । यदी त्यसरि फिर्ता गर्न नसकेमा घरघरान बाट असुल उपर गरिलिनु भनेर कागज गरिदिए उनकै श्रीमती नैनाकला भट्टराइ र छोरा पुषकर भट्टराइ का साथै चुलाचुली गाउपालिका वडा नम्बर ५ निवासी लोक बहादुर राइ,शुक्र बहादुर लावती चुलाचुली ४ निवासी टिकाराम भट्टराइ र चुलाचुली वडा नम्बर २ र ४ का वडध्यक्ष लक्ष्मण श्रेष्ठ र सागर जबेगु को रोहोबर मा ।
चुलाचुली गाउपालिकामा बैदेशिक रोजगारीका नाममा युवाहरु ठगिएको यो पहिलो घटना भने हैन, यो भन्दा पहिला नै धेरै यस्ता घटना घटी सकेका छन । यो भने धेरै को संख्यामा रहेकाले अहिले सतह सम्म आएको हो । बैदेशिक रोजगारी मा जाने ब्यक्ती ले आफु संग भएको योग्यता अनुसार को काम र मुलुक छनौट गर्न पनि आवश्यक देखिन्छ । देशको कानुन ले बर्जित गरेका मुलुकहरु मा समेत पठाइ दिने दलाल हरुको जालमा नपर्न र जुन मुलुक मा जाने हो त्यस मुलुक प्रवेश गर्न का लागी आवश्यक योग्यता हरु को बारेमा बुज्न समेत आवस्यक देखिन्छ । अन्यथा दुख पाइस मंगले आफ्नै ढंगले भन्ने उखान ले सार्थकता पाउने छ ।
