मृतक बुवाको सम्झनामा सडकबत्ती
देवेन्द्र पडेल , इलाम टाइम्स चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर ३ का एक परिवारले आफ्ना दिवङत पिताको नाममा सडक बत्ती जडान गरिदिएका छन ।
चुलाचुलि वडा न.३ जनता टोलमा बसोबास गर्दै आउनु भएको स्वार्गिय-धिराज मान वाली साम्पाङ् राई सम्झनामा उनका श्रीमती तथा छोरा बुहारी हरुले सडक बत्तिको प्रवन्ध गरिदिएका हुन । चुलाचुली वडा नम्बर ३ रमाइलो चोक आसपास ६० हजार भन्दा बढी रकम खर्च गर्दै २० वटा सडक बत्ती जडान गरिएको मृतक राइका कान्छा छोरा रबिन राइले इलाम टाइम्स लाइ जानकारी दिनु भयो । मृतक धिरज मान साम्पाङ राई पुर्व ब्रीटिश आर्मी भएका कारण लामो समय देखि श्रीमती का साथमा बेलायत मा रहदै आउनुभएको थियो भनें कोरोना कालमा कोरोना का कारण उनको मृत्यु भएको थियो ।
हाल उनकी श्रीमती का साथमा कान्छा छोरा रबिन राई बेलायत मै बस्दै आएका छन भनें अन्य दुई छोरा हरु मकर ध्वज र जीवन चुलाचुली मै रहदै आएका छन भनें एक छोरी पनि नेपालमै रहदै आएकी छिन ।।
