बिबिसी हाङखिम, इलाम टाइम्स सन्दकपुर/ सन्दकपुर २ माइमझुवा स्थित टोड्के प्रभुलाल राराहाङ आहालेटार खेलमैदानमा सान्चालित टोड्के झर्ना गोल्डकप प्रतियोगितामा हिमालय ब्रदर्श ,नवज्योति खेल संघ , टोड्के झर्ना जुनियर,साकेला आलुबारी एफ्सी, डिएफसी चमैता बिजयी भएका छन्।
शुक्रवार सम्पन्न भएको पहिलो खेलमा हिमालय ब्रदर्स र एप्पल एफसी बिचको खेलमा हिमालय ब्रदर्शले २-० गोल गर्दै एप्पल एफसीलाइ हरायो।
त्यस्तै शुक्रबार सम्पन्न दोस्रो खेलमा के एफ सी खोर्सानेलाइ १-३गोल अन्तरले नवज्योति खेल संघले हराउदै अघिल्लो चरणमा प्रवेश गरेको छ।
दोस्रो चरण अन्तर्गतको पहिलो खेलमा टोड्के झर्ना एफसी जुनियर र ग्रीन हाउस एफसी बिच भएको खेलमा टोड्के झर्ना एफसीले २-० गोलले ग्रीन हाउस एफसीलाइ पाखा लगायो।
दोस्रो चरण अन्तर्गतकै सम्पन्न दोस्रो खेलमा टोड्के झर्ना एफसी सिनियर र साकेला आलुबारी एफसी बिचको खेलमा टोड्के झर्ना एफसीलाइ २-४ गोलले साकेला आलुबारी एफसीले हराउदै जित दर्ता गर्दै तेस्रो चरणको लागि प्रवेश गर्यो।
त्यस्तै दोस्रो चरणकै तेस्रो तथा हिजोको अन्तिम खेलमा डिएफसी चमैता र किराँत स्टार सायाङ्बा एफसी बिच सम्पन्न खेलमा डिएफसी एफसीले ५-१ गोल अन्तरले किराँत स्टार सायाङबालाइ हराउदै तेस्रो चरणमा प्रवेश गरेको छ।
आजको पहिलो खेलमा सन्दकपुर खेल संघ माबु र आर एफसी भित्तेबिच आम्नेसाम्ने भिड्नेछन्।
प्रत्येक बर्ष साकेला उधौली चाडको अवसरमा सन्चालन गर्दै आएको गोल्डकप प्रतियोगिता टोड्के झर्ना स्पोर्टिङ क्लबले आयोजना गर्दै आएको छ।
गोल्डकप प्रतियोगितामा प्रथम हुने बिजेता हुने टिमले नगद:- ७० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र उपबिजेता हुने टिमले नगद:-३५
हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलरक्षक/ उत्कृष्ट डिफेन्डर त्यस्तै सर्बाधिक गोलकर्ताले ट्रफी मेडल र प्रमाणपत्र हासिल गर्ने आयोजक क्लबका अध्यक्ष कर्ण बुताङ राइले बताएका छन् ।
प्रतियोगिता पुस ३ गतेदेखि शुरु भएको प्रतियोगिताको फाइनल खेल साकेला उधौली धान्य पुर्णिामाका दिन आगामी पुस १० गतेका दिन हुनेछ।
फाइनल खेलका दिन साकेला चण्डीनाच प्रदर्शन
साथै स्थानीय कलाकारहरुको प्रस्तुति गर्ने आयोजकले इलामटाइम्स सङ्ग बताएका छन्।

Facebook Comments Box