इलाम टाइम्स संवाददाता सन्दकपुर/इलामको सन्दकपुरमा टोड्के झर्ना गोल्डकपको उपाधी हिमालय ब्रदर्सले चुम्यो।।
इलामको सन्दकपुर:-२ माइमझुवा स्थित टोड्के प्रभुलाल राराहाङ आहालेटार खेलमैदानमा सम्पन्न फाइनल खेलमा हिमालय ब्रदर्शले उपाधी चुमेको छ।
मङलबार सम्पन्न भएको फाइनल खेलमा आरएफसी भित्तेलाइ ०-१ गोल गर्दै हिमालय ब्रदर्शले प्रथम उपधी नगद रु ७० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ। त्यसतै उपबिजेता बनेका आरएफसी भितेले नगद रु ३५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र उपबिजेतामै चित बुझायो।
प्रत्येक बर्ष साकेला उधौली चाडको अवसरमा सन्चालन गर्दै आएको गोल्डकप प्रतियोगितामा उत्कृष्ट गोलरक्षक हिमालय ब्रदर्शका दिवस राई लाई ट्रफी मेडल र प्रमाणपत्र अतिथिहरुका हस्तबाहुलीबाट प्रदान गरियो।
त्यस्तै सर्बाधिक गोलकर्ता देउराली स्पोर्टिङ क्लबका खेलाडी सुमन धमलाले
ट्रफी मेडल र प्रमाणपत्र हासिल गरे।
त्यस्तै उत्कृष्ट डिफेन्डर आर एफसी भित्तेका रोशन राइले ट्रफी मेडल र प्रमाणपत्र पाए।
सन्दकपुर गाउपालिकाका अध्यक्ष तुलाराम गुरुङ्को प्रमुख आतिथ्य र उक्त गाउपालिकाकै उपाध्यक्ष हरि लुङ्गेली ज्युको विशेष आतिथ्यमा सम्पन्न भएको फाइनल खेल समारोहमा स्थानीय कलाकार शिवानी हाङ्खिमको गित प्रस्तुति
साथै अर्की स्थानीय कलाकार प्रकृति राइको नृत्य मार्फत दर्शकहरूलाई भरपुर मनोरञ्जन दिलाउभएको थियो।

Facebook Comments Box