सामुदायिक बिद्यालयमा छात्रावास
देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित श्री जनता माध्यमिक बिद्यालयले बिद्यालय हाता भित्र अस्थाई छात्रावास सन्चालन गरेको छ ।
गतवर्ष बाटै सुरु गरिएको उक्त छात्रावास कक्षा १० को एस.इ.इ. परिक्षा लक्षित रहेको छ । गतवर्ष ३८ जना विद्यार्थी बाट सुरु गरिएको सो छात्रावासमा यस पटक भनें ४५ जना विद्यार्थी रहेका छन । पर्याप्त भौतिक संरचना रहेको उक्त बिद्यालयमा प्राविधिक धार अन्तरगत +२ को समेत पढाइ हुने गरेको छ । गत मंसिर २१ गते बाट सुरु गरिएको सो छात्रावास आगामी एस.इ.इ. सम्म सन्चालन हुने बिद्यालयका सह-प्रधानध्यापक लक्ष्मी खनाल ले जानकारी दिनु भयो । अभिभावकहरु ले प्रती विद्यार्थी रु. ८ हजार ५ सय रुपैया बुझाउनु पर्ने सो छात्रावासमा नियमित पढाइका अलवा बिहान ३ घण्टा र बेलुका २ घण्टा अतिरिक्त पठनपाठन गराइन्छ ।
चुलाचुली गाउपालिका कै नमुना बिद्यालयका रुपमा रहेको सो बिद्यालयमा गत वर्षको भन्दा यस पटकको एस.इ.इ. मा अपेक्षकृत सफलता प्राप्त गर्नका लागी स्थानिय अभिभावक हरुकै सल्लाह र सुझाबका आधारमा छात्रावास सन्चालन गरिएको बिद्यालय प्रशासनको भनाइ छ । छात्रवास लाई ब्यवस्थित र सुरक्षित बनाउन बिद्यालय परीषर भित्रै रहेको क्यान्टिनमा खानाको प्रवन्ध गरिएको छ भनें सिसिटिभी र हाइ भोल्टेजका बत्तीहरु समेत जडान गरिएको छ । विद्यार्थीको होस्टेल बसाइ सुरक्षित र ब्यवस्थित बनाउन ३ जना शिक्षिकाहरु छात्राहरु सँग र १ जना शिक्षक छात्रहरु सँग रहने प्रवन्ध छ । चुलाचुली गाउपालिकाको आर्थीक सहयोग मा उक्त बिद्यालयले स्कुल बस समेत सन्चालन गरेको छ भनें शिक्षकहरु का अलवा १ जना डिसिप्लेन इन्चार्ज र १ जना सुरक्षा सहयोगी समेत कार्यरत छन ।
सामुदायिक बिद्यालयहरुमा पढाइको गुणस्तर खस्कदै गएको र निजी बिद्यालयहरु संग प्रतिष्पर्धामा सामुदायिक बिद्यालयआउन नसक्ने भन्ने बिषयलाई जनता माध्यमिक बिद्यालयको यस्तो कृयाकलाप ले झुट्टा सावित गरिदिने सम्भावना प्रसस्तै देख्न सकिन्छ भनें यस्ता सकारात्मक कृयाकलाप हरु गाउपालिका भित्र सन्चालित अन्य बिद्यालयहरु ले समेत अनुसरण गर्न सके सामुदायिक बिद्यालय हरुको शिक्षाको गुणस्त र सुध्रने कुरा मा बिश्वस्त हुन सकिन्छ ।
