जनता मा. बि. मा भोली निर्वाचन हुदै
देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलाम जिल्ला चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित श्री जनता माध्यमिक बिध्यालय मा भोली पौष १८ गते बिध्यालय ब्यवस्थापन समिती सदस्यका लागी निर्वाचन हुने भएको छ ।
गत पौष ११ गते बिध्यालय ब्यवस्थपन समिती छनौट समितीको बैठकको निर्णय अनुसार भोली मतदान मार्फत ४ जना सदस्य हरुको छनौट गर्न लागिएको हो । भोली हुने ४ जना सदस्यको निर्वाचनमा ८ जना उम्मेद्वारहरुको अन्तिम नामावली प्रकासन गरिएको छ भने चुलाचुली गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम प्रसाद मिश्र संयोजक रहेको बिध्यलय ब्यवस्थापन समिती छनोट समितीले उम्मेद्वारहरुलाइ चुनाब चिन्ह समेत प्रदान गरेको छ । जस अनुसार सदस्य पदका उम्मेद्वार श्याम सुन्दर मगर लाइ प्रेसर कुकर ,देवी कुमारी देवान लाइ काग , सारदा देवी आचार्य लाइ फुटबल ,मोहन देवान लाइ पुस्तक ,बिपिन योङ्या लाइ आँप , हिरा देवी श्रेष्ठ लाइ टेवल , निर्मला ढुङ्गाना लाइ टेलिभिजन र गंगा बहादुर बस्नेत लाइ सिलिङ फेन चुनाब चिन्ह प्रदान गरिएको छ ।
कार्यतालिका अनुसार भोली बुधबार बिहान ८ बजे देखी दिउसो १ बजे सम्म मतदान को कार्यक्रम रहने छ भनें दिउसो २ बजे पछी मतगणना गर्ने अन्तिम नतिजा प्रकाशन गरिने छ । उक्त निर्वाचनमा ५ सय ३० जना अभिभावकहरुले मतदाताको रुपमा मतदान गर्नेछन ।
कक्षा १२ सम्म पठनपाठन हुने उक्त बिध्यालयमा CTEVTE मार्फत प्राविधिक धारको सिभिल इन्जिनियरिङ समेत पढाइ हुने गरेको छ । २०२६ साल मा स्थापना भएको उक्त बिध्यलयमा हाल कक्षा १२ सम्म ५ सय ८३ जना र प्राविधिक धारमा १ सय १९ जना बिध्यार्थीहरु ले अध्ययान गरिरहेका छन ।
१३ औं बिध्यालय ब्यवस्थापन समितीको चयन गर्ने अन्तिम तयारीमा रहेको उक्त बिध्यालयमा निर्वाचनको तयारी भनें यो दोश्रो पटक को हो, यो भन्दा पहिला बिश्वबन्धन केदेम अध्यक्ष रहेको समितीमा समेत केही सदस्यहरु निर्वाचन मार्फत चुनिएका थिए । ९ जना सदस्य रहने उक्त बिध्यालय ब्यवस्थापन समितीमा भोली हुने निर्वाचन ले ४ जना सदस्य को टुङ्गो लगाउने छ भनें सो ४ सदसिय समितले २ जना स्थानिय शिक्षा प्रेमी महानुभाब लाइ मनोनित गर्दै ६ सदसिय समिती बन्नेछ र सो समितीमा सम्बन्धित वडाका वडाध्यक्ष र उक्त बिध्यालयमा कार्यरत शिक्षकहरु मध्ये एक जना स्वत: सदस्य बन्ने प्रावधान रहेको छ र उक्त ८ सदसिय समिती ले बिध्यालय ब्यवस्थापन समितीको अध्यक्ष छनौट गर्ने प्रकृया रहेको छ ।
