अनेरास्ववियु वडा कमिटीहरु बिस्तार गर्दै
देवेन्द्र पौडेल ,इलाम टाइम्स चुलाचुली/नेकपा एमाले निकट बिध्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिध्यार्थी युनियनले इलाम को चुलाचुली गाउपालिका मा आफ्नो संगठन बिस्तार लाई तिब्रता दिएको छ ।
हिजो पौष २८ गते अनेरास्ववियु केन्दृय कमिटी सदस्य नितेश राइको प्रमुख आतिथ्यता तथा चुलाचुली गाउकमिटी अध्यक्ष युनेश न्यौपानेको अध्यक्षता मा चुलाचुली गाउपालिका वडानम्बर ३ को वडा कमिटी गठन गरिएको छ । नवगठित १४ सदसिय ३ नम्बर वडा कमिटीको अध्यक्ष गोपाल भुर्तेल, उपाध्यक्ष राज भुर्तेल, सचिब कौशल भुर्तेल, सहसचिब शक्ती आङथुपो रहनु भएको छ ।
चुलाचुली गाउपालिका भरी रहेका ६ वटा वडाहरु मध्ये अनेरास्ववियुको मातृ सस्था नेकपा एमालेको सांगठानिक मतभार मा निक्कै कमजोर सो ३ नम्बर वडा बाटै अनेरास्ववियु ले भने आफ्नो संगठन बिस्तारको सुभाराम्भ गरेको छ भने आज पौष २९ गते चुलाचुली कै वडा नम्बर ४ मा पनि वडा कमिटी गठन गरिएको छ । पार्टी गाउकमिटी को कार्यलय मा आयोजित सो कार्यक्रम मा १३ सदसिय वडा कमिटी गठन गरिएको छ । जसको अध्यक्षमा सौगात फियाक, उपाध्यक्ष सिद्धान्त लिम्बु, सचिब अनुप राई र सहसचिब उदय राइ रहनु भएको छ ।
पछिल्लो समय चुलाचुलीका बिध्यालयहरु मा अध्ययनरत बिध्यार्थीहरु लाइ बिभिन्न राजनितिक दलका भातृ संगठन हरुले धमाधम बिध्यालय भित्र नै आफ्ना कृयाकलापहरु गर्ने र संगठनहरु समेत निर्माण गर्ने कार्यले तिब्रता पाए संगै बिभिन्न बिध्यालय ब्यवस्थापन समितीहरु ले यस्ता कृयाकलापहरु बिध्यालय भित्र गर्न नहुने भनै आपत्ती जनाए पछी यस्ता कृयाकलापहरु केही मात्रामा नियन्त्रण भएका छन ।
गत कार्तिक १८ गते सम्पन्न अनेरस्ववियु चुलाचुली गाउकमिटी को दोश्रो अधिवेशन पश्चात संगठन सकृय रुपमा चलायमान भएको छ । हाल १३ सदसिय गाउकमिटी को अध्यक्ष मा युनेस न्यौपाने, उपाध्यक्ष रोहन लिम्बु, सचिब कुसल भुर्तेल, सहसचिब रमा गौतम लगायतका सदस्यहरु रहनु भएको छ । बिध्यार्थीहरु को हकहित र भलाइको लागी नेपालको संविधान ले परिकल्पना गरे अनुरुप को संगठन ले काम गर्न सकेमा अहिले वडा वडामा गठन भएका वडा कमिटी हरुको अस्तित्व रहने छ अन्यथा दलगत राजनितिक अभिष्ठा पुरा गर्ने झुण्ड को उपनाम पाउने पक्का देखिन्छ ।
