न्यानो कपडा बाँढदै अखिल
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इलाम जिल्ला कमिटीले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
‘न्यानो बाँडौं’ क्लोथ बैंङ्क सुरु गरेको अनेरास्ववियुले बिहीबार इलाम नगरपालिका–६, घोषमा २६ परिवारलाई कपडा वितरण गरेको हो ।
अनेरास्ववियु इलाम अध्यक्ष सचिनजंघ रायमाझीले जिल्लाका विभिन्न स्थानमा जाडो महिनामा कपडा वितरण गरिने जानकारी दिए । ‘तपाइँको घर, टोल, वडा र पालिकामा विपन्न परिवारलाई कपडा आवश्यक भए सम्पर्क गर्नुहन पनि अनुरोध छ,’ उनले भने, ‘हामी स्रोत उपलब्ध भएसम्म जिल्लाका सबै गाउँ पुगेर विपन्नलाई न्यानो बाँड्नेछौं ।’
अभियानले विशेषगरी विद्यार्थीलाई केन्द्रित गरेको छ । ‘इलाम धेरैजसो पहाडी र उच्चपहाडी क्षेत्र भएकाले लेकाली भेगमा हिउँदमा हिउँ–तुसारो पर्छ, सबै विद्यार्थीसँग लगाउने कपडा नहुन सक्छ,’ उनले भने, ‘कतिपय मान्छे चाहिँ अरूलाई सहयोग गर्न इच्छुक हुन्छन्, यी दुईबीचको पुल भइ हामी यो अभियानमा छौं ।’
उनले सहयोग जुट्नेक्रम जारी रहेको र सहयोगले धान्ने देखिए जिल्लाका उच्च भू–भागका सबै विद्यालय पुग्ने योजनामा रहेको बताए । साभार sandakpur online
