न्युरोड टिम (एनआरटी)ले पहिलो ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि उचालेको छ । 

आज (शनिबार) भएको फाइनलमा  एनआरटीले ४–३ गोलान्तरले झापालाई पराजित गरेको हो । 

निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो । पेनाल्टीमा एनआरटीका सुुमित श्रेष्ठ, जय गुरुङ, विदेशी खेलाडी पिसो र विवेक गुरुङले गोल गरे । एनआरटीका राजीव लोप्चनको प्रहार झापाका गोलकिपरले बचाए । 

बिर्तामोडको तर्फबाट योगेश गुरुङ, घनश्याम मुर्मु र देवेन्द्र तामाङले गोल गरे । झापाका प्रदीप बुढाथोकी र अनिल गुरुङको प्रहार विपक्षी गोलकिपरले बचाए । झापाले उपविजेतामा चित्त बुझाएको छ । 

बिर्तामोड टिमका हिसुब थपलिया आजको खेलको म्यान अफ् दि म्याच घोषित भए । आजको फाइनलमा एनआरटीका राजीव लोप्चनले पहेंलो कार्ड पाए । 

एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । बिर्तामोडले सेमिमा पाँचथरलाई र क्वार्टरमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।

विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाए।

रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता माघ ६ मा सुरु भएको थियो । प्रतियोगितामा आठ टिम सहभागी थिए । पालिका पेज बाट साभार

Facebook Comments Box