देवेन्द्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर ३ र ४ मा पर्ने ऐना पोखरी श्रम सस्कृती पार्कमा आगामी फाल्गुण १ गते देखी सात दिने महोत्सव लाग्ने भएको छ ।
गत पौष २३ गते चुलाचुली गाउपालिका को स्थानिय सरकार को रोहोबर मा गठन गरिएको सो ऐना पोखरी श्रम सस्कृती पार्क ले स्थानिय उत्पादन हरुको प्रबर्द्धन लोपोन्मुख स्थानिय जंगली जनावर हरु को संरक्षण स्थानिय पर्यटकिय स्थल हरुको प्रबर्द्धन को मुख्य लक्ष राखिएको सो महोत्सब मा स्थानिय परिकार हरु को स्वाद का साथ मा स्थानिय खेलहरु को मनोरन्जन लिदै राष्ट्री य कलाकार हरु को समेत प्रस्तुती रहने आयोजकले हिजो माघ १८ गते गरिएको पत्रकार सम्मेलन मा जानकारी दिइएको हो ।

एक हप्ता सन्चालन हुने सो ऐना पोखरी श्रम सस्कृती पार्क महोत्सब मा आयोजक ले ५० हजार मानिस भित्र्याउने लक्ष्य राखेको छ भनें स्थानिय उद्धमि हरुको ब्यावसाय प्रवद्धन , बिभिन्न प्रकारका स्थानिय जडिबुटी हरुको खोज तथा संरक्षण लाई मुख्य लक्ष राखिएको सो महोत्सब बाट आयोजक ले ५० लाख को आम्दानी गर्ने अनुमान गरेको छ भनें सो महोत्सब सन्चालन का लागी ४० लाख खर्च हुने अनुमान गरिएको छ । आयोजक ले भबिश्य मा स्थानिय सस्कृती को संरक्षण का लागी चोमोलुङमा स्थापना गरी त्यसलाई रंग रोगन गर्ने साथै सान्ती का प्रतिक गौतम बुद्ध को मुर्ती समेत निर्माण गर्ने लक्ष्य राखिएको छ ।

सामुदायिक बन क्षेत्र भित्र रहेको सो पार्क ले स्थानिय तह बाट सन्चालन का लागी अनुमती पाएता पनि भबिश्य मा जैविक बिविधता लाई कायमै राखी सो पार्क सन्चालन गर्नका लागी पार्क ब्यवस्थापन समितिले भनें बुद्धिमता पुर्ण तरिकाले कदम चाल्न आवश्यक देखिन्छ ।

Facebook Comments Box