चुलाचुली को झोडा काठमाण्डौ मा
सन्तोष गिरी
माघ २१,चुलाचुली/ चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटक झोडा काठमाडौं बत्तिसपुतली स्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ ।
वरिष्ठ गायक,संगितकार तथा लेखक गणेश रसिकको उपन्यास ‘ आकाश गंगाको ओतमुनी’ को केही अंशलाई सुमन लिङ्देनले नाट्य रुपान्तरण गरेका हुन भने नाटकको परिकल्पना तथा निर्देशन चेतन आङ्थुपोले गरेका हुन । यश अघि दमक स्थित किराँत भवनमा ९ दिन मञ्चन सकिएको छ ।
फागुन ११ देखि २२ सम्म मञ्चन रहने नाटकले पुर्वको झोडा बस्तिको बारेमा चित्रण गरेको देखिन्छ । धेरै बर्ष अघि देखि पुर्खाहरुले पहाड बाट तराई झर्ने क्रममा झोडा फाडेर बस्ती बसाएका थिए, त्यतिबेलाको सरकारको ऐन कानुन र राजनैतिक दबाबले खेप्नु परेको सास्तीलाई नाटकमा देख्न सकिन्छ ।
नाटकका अनुवादक लिङ्देन भन्छन,” कथा कथान्तर जे जस्तो रहेता पनि भूमी संघर्ष आजपर्यन्तको हो। यहाँका आदिम जातिमाथी पछि बस्ती बसाउन आउने अन्य समुदाय उत्पीडक भएकै हुन्। आदिम रैथानेहरुको गौचरन साँघुरियो। खेल्ने रनबन साँघुरियो। उब्जाउ भूमीमाथी तिनले कब्जा गरे।
नाटकमा केही नया प्रयोग रहनेछ। साँस्कृतिक अन्तरघुलनमा रैथाने संस्कृति पर्दापण हुने नै छ। यो रसस्वादन र भुमि स्वामित्वमा गोचर राजनैतिक बिषयलाई नजिकबाट नियालौ । सबैमा हार्दिक निमन्त्रणा ! “
करिब एक घण्टाको समयावधि रहेको नाटक हरेक दिन बेलुका ५ बजे देखि मञ्चन रहने छ ।
यस्तो बिषय बस्तुमा एकदमै कमै मात्र लेख,आख्यान र पुस्तकहरु रहेकै कारण बिषयबस्तु छनौट गरेको निर्देशक आङ्थुपो बताउछन । उनी भन्छन,” आजको पुस्तालाई यो गाउँ कसरी बन्यो, शहरहरु कसरी बने भन्ने बिषयमा कमैलाई थाहा होला या भनौ धेरैलाई थाहा छैन । हाम्रो इतिहास जस्तो कुरा सबैले बुझेको राम्रो जस्तो लाग्छ ।
मलाई यो बिषयमा निकै अगाडि देखि काम गर्न मन थियो, तर निकै कम थाहा थियो । बजारको कुनै पुस्तकमा नभेटिए पछि मेरो कुराकानी गणेश रसिक सर संग भयो । उहाँको एउटा उपन्यास ‘ आकाश गंगाको ओतमुनि’ मा यसलाई चर्चा गरेको थाहा भएसी त्यहा बाट शुरु भयो झोडाको हाम्रो आन्दोलन ।
प्रस्तुत विषय झोडा, मुख्यतय जग्गा आवाद र त्यसको राजनैतिक स्वामित्व र अधिकार प्राप्तिको संघर्षमा केन्द्रित रहेको विषय हो । विशेषत सुदुर पुर्वमा आदिमकाल देखी बसोबास गर्दै आएका आदिवासी जनजातिहरुलाई नाटकमा मुख्य पात्रका रुपमा उभ्याइएको छ । स्थायि रुपमा भौगोलिक विकेन्द्रिकरणको अभ्यास तथा नयाँ आवादमा सरकार र राजनैतिक दलहरुले भुपू सैनिकहरुलाई झोडामा जग्गा दिलाई दिने प्रलोभन (लोभ) मा पारी कसरी प्रयोग गरे, राजनैतिक भुमरीमा परि उनीहरुले के कति मुल्य चुकाउनु पर्यो ? आदिवासी भुमि पुत्रहरु कसरी सुकुम्बासी भए ? राजनैतिक स्वार्थले आफ्नो समुदाय बिच कसरी फाटो ल्यायो ? र आदिवासी जनजाति प्रतिको दृष्टिकोण भुमि स्वामित्वको लागि गर्नु परेको संघर्ष र सुकुम्बासी समस्या नै नाटकको मुल विषय वस्तु हो । “
