देवेन्द्र पौडेल चुलाचुली

इलाम को चुलाचुली गाउ पालिका वडा नम्बर ३ स्थित सुनौलो टोलमा आज चुलाचुली रन अन्तर्गत बिभिन्न प्रकारका दौड प्रतियोगिता सम्पन्न भएको छ ।
चुलाचुली ३ मा अवस्थित सुनौलो बाल बिकाश केन्द्रको प्राङ्गणमा सन्चालित सो प्रतियोगिता पिडिओ टोल युवा समुहले आयोजना गरेको हो । आज सम्पन्न सो दौड प्रतियोगिता जुनियर,खुल्ला र भेट्रान गरी तीन समुहमा बिभाजन गरी सन्चालन गरिएको हो । १२ वर्ष भन्दा मुनिका जुनियर समुह अन्तर्गत ३ सय मिटरको दौडमा महिला तर्फ शिखा राइ,चुलाचुली ४ प्रथम, चुलाचुली ३ कि शिखा राइ दोश्रो तथा चुलाचुली ४ कि अनिषा राइ तेश्रो भए भनें सोही समुहको पुरुष तर्फ चुलाचुली ३ का सबिन राइ प्रथम सुसन मगर दोश्रो र रबिन मगर तेश्रो भएका हुन ।

त्यसै गरी खुल्ला तर्फको ५ किलोमिटर दौड प्रतियोगितामा सहभागी ४४ जना प्रतिष्पर्धी मध्य पुरुष तर्फ दमकका स्काइ लिम्बु ले १७ मिनेट ६ सेकेण्ड मा निर्धारित दुरी पार गर्दै प्रथम भए भनें दमक कै शिव कार्की ले १७ मिनेट २० सेकेण्डमा निर्धारित दुरी पार गरेर दोश्रो भए त्यसैगरी भोजपुरका कालुमान राइ ले १७ मिनेट ३२ सेकेण्ड मा पार गरेर तेश्रो भए । सोही समुहको महिला तर्फ १३ वर्षिय भोजपुरकी जुही राइले २१ मिनेट २३ सेकेण्डमा ५ किलोमिटर दुरी पार गर्दै प्रथम भइन त्यसैगरी भोजपुरकै बिनिता राइ ले २१ मिनेट ३४ सेकेण्ड मा निर्धारित दुरी पर्दै दोश्रो भइन भनें तेश्रो स्थान पनि भोजपुरकै खेलाडी कल्पना राइ ले २२ मिनेट २३ सेकेण्ड मा पार गर्दै बिजयि बनिन । ३५ वर्ष माथीको भेट्रान समुहमा सहभागी १० जना खेलाडी मध्य १४ मिनेट २१ सेकेण्ड मा ३ किलोमिटर दुरी पार गर्दै झापा दमकका सन्जय राइ प्रथम भए भनें १४ मिनेट २३ सेकेण्ड र १४ मिनेट ३० सेकेण्ड मा निर्धारित दुरी पार गर्दै चुलाचुली ३ का क्रमश आईन्द्र केरुङ्ग दोश्रो र धन प्रसाद गिरी तेश्रो भए ।


सो दौड प्रतियोगितामा स्थानिय खेलप्रेमी महानुभाबहरु को बाक्लो उपस्थिती रहेको थियो भने चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ्ग,चुलाचुली वडा नम्बर ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ को समेत उपस्थिती रहेको थियो । ३ सय मिटरको बालबालिका तर्फ बिजयि प्रतियोगी हरु प्रथम दोश्रो र तेश्रो लाई क्रमश नगद १ हजार ७ सय र ५ सय का साथमा प्रमाण पत्र र मेडल ले सम्मा न गरिएको हो भनें खुल्ला तर्फका बिजयि प्रतियोगीहरु प्रथम दोश्रो र तेश्रो लाई क्रमश नगद ३ हजार २ हजार र १ हजार का साथमा मेडल र प्रमाण पत्र ले पुरस्कृत गरिएको हो । त्यसै गरी भेट्रान समुह तर्फ बिजयि प्रथम दोश्रो र तेश्रो हुने प्रतियोगीहरु लाई नगद २ हजार १५ सय र १ हजार का साथमा मेडल र प्रमाण पत्र ले स म्मान गरिएको थियो ।
वर्षेनी आयोजना गरिने यो चुलाचुली रन प्रतियोगिता ले स्थानिय स्तर मा खेलाडी हरु उत्पादन गर्नुका साथै उत्पादित खेलाडीहरु लाई हौसला र प्रोत्साहन समेत मिल्ने भएकाले यो प्रतियोगिता स्थानिय स्तर मा अत्यन्तै प्रभाबकारी भएको स्थानिय हरु बताउछन ।

Facebook Comments Box