देउमाई कपको उपाधि माई नगरपालिकाले जितेकाे छ । चुलाचुली गाउँपालिकालाई २-१ गोल अन्तरले हराउदै माईले उपाधि जितेकाे हाे । खेलको पहिलाे हाफमा माईका हरि मगरले पहिलो गोल गरे । पहिलाे हाफमा एक गोलको अग्रता बनाएकाे माईले दाेश्राे हाफमा गाेल खान पुग्याे ।

चुलाचुलीका लागि खमिर गिल्सन कन्दङ्वाले गाेल गरे ।खेलको अन्तिम समयमा माईका हरि मगरले व्यक्तिगत दाेश्राे गाेल गरेपछि माईले उपाधि जितेकाे हाे ।

खेलको म्यान अफ दि म्याच माईका गोल गर्ने खेलाडी हरि मगर घोषित भए । उनले नगद तीन हजार समेत प्राप्त गरे । उपाधिसँगै माई नगरपालिकाले नगद दुई लाख नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको चुलाचुलीले एक लाख प्राप्त गर्याे ।

प्रतियोगिताकै उत्कृष्ट गोल रक्षकका रूपमा माईका निशम दनुवार घोषित भए । त्यस्तै उत्कृष्ट डिफेन्डर माईकै सन्दीप मगर घोषित भए । म्याच अफ दि टुर्नामेन्ट चुलाचुलीका आशिष लावती घोषित भए । प्रतियोगिता अवधिभरमा नै सर्वाधिक गोलकर्ताको उपाधि सन्दकपुरका सुमन धमला घोषित भए । उनीहरूलाई जनही नगद पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

विजेता टिम तथा खेलाडीहरूलाई देउमाई नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सूर्यप्रसाद पोख्रेल, उप प्रमुख पविमाया राई लगायत कार्यक्रमका अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए ।साभार लोकल सन्देश

Facebook Comments Box