देवेन्द्र पौडेल ,चुलाचुली

इलामको चुलाचुली गाउपालिका वडा नम्बर पाँच ले किशानहरु संगको लागत साझेदारीमा ज्यापसिडर (मकै रोप्ने मेशिन) वडा भित्रका किशानहरु लाई बितरण गरेको छ ।
वडा नम्बर पाँचको वडा कार्यलयमा आज आयोजित एक औपचारिक कार्यक्रम मा उक्त ज्यापसिडर मेसि हरु किषान दाजुभाइ दिदीबहिनी हरुलाई हस्तान्तरण गरिएको हो । आर्थीक वर्ष २०८०/८१ मा कृषी अभिबृद्धी कार्यक्रम अन्तरगत रहेको उक्त योजना लाई कार्यान्वयन गर्न वडा समितिको बैठकले ५० प्रतिशत लागत साझेदारिमा सन्चालन गर्ने निर्णय गरेको हो । वडा नम्बर पाँच को वडा कार्यलयमा आज आयोजित एक औपचारिक कार्यक्रम मा उक्त ज्यापसिडर मेसिनहरु किषान दाजुभाइ दिदी बहिनी हरुलाई हस्तान्तरण गरिएको हो । पछिल्लो समय कृषीमा बिभिन्न प्रविधीहरु आइ रहेकाले सो वडाका किषानहरु समेत मकै ,केराउ, चना लगायतका गेडागुडी जन्य बालीमा आकर्षित भएका कारण श्रमको बचत साथै लगानी समेत कम गर्दै उत्पादकत्व बढाउनका लागी बिउ र मल एकै साथ रोप्न, लगाउन सकिने उक्त ज्यापसिडर डबल ब्यारल मेशिनहरु बितरण गरिएको वडाध्यक्ष बबिन राइ को भनाइ छ ।

उक्त मेशिनको बजार मुल्य ४ हजार रुपैया रहेको जसमा वडाको २ हजार र सम्बन्धित किशानहरु को २ हजार को लागत साझेदारिमा वडा नम्बर पाँच भित्रका चार वटा कृषी समुह र २५ जना कृषक गरी जम्मा २९ थान मेसिन बितरण गरिएको हो ।बिना इन्धन हातले थिचेर एक पटक मा एक देखी तीन दाना सम्म रोप्न सकिने सो मेसिन को क्षमता १.५ केजी देखी २ केजी सम्म रहने गरेको छ भने त्यसको वजन सामान्यतया २.७ केजी रहन्छ । बलौटे हल्का जमिनमा उक्त मेशिन को सहायता ले एक ब्यक्ती ले एक दिनमा ८ देखी १० हजार स्क्वार फुट मा बाली लगाउन सकिन्छ ।

Facebook Comments Box