देवेन्द्र पौडेल,चुलचुली इलाम

चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित श्री पन्चकन्या आधारभुत बिद्यालयमा रहेको सफल बाल क्लबले प्रथम चुलाचुली गाउपालिका आधारभुत तहस्तरिय छात्र नकआउट फुटबल प्रतियोगिता आज सम्पन्न गरेको छ ।

हिजो माघ २८ र आज माघ २९ गते सम्पन्न सो फुटबल प्रतियोगितामा चुलाचुली गाउपालिका भित्र रहेका सस्थागत तथा सामुदायिक गरी जम्मा ११ बिद्यायलको सहभागिता रहेको थियो । जसमा पाँच वटा सस्थागत र छ वटा सामुदायिक बिद्यालयहरु रहेका थिए । बिद्यालयमा किताबी ज्ञानका अलवा अतिरिक्त कृयाकलाप पनि सिक्षण सिकाइको मुख्य पाटो हो जसमा खेलकुद त विद्यार्थी को सारिरिक तथा मानसिक बिकास का लागी अत्यन्तै महत्व पूर्ण पाटो मानिछ । जसको लागी सफल बाल क्लबले आयोजन गरेको सो २ दिने फुटबल प्रतियोगिता को आयोजना गरेको बताउछन सो बिद्यालय का सिक्षक तथा पुर्व फुटबल खेलाडी उद्धब ओझा ।

उक्त प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा आयोजक बिद्यालय पन्चकन्या आधारभुत बिद्यालयले श्री बालज्योती माध्यमिक बिद्यालय लाई १- ० गोल अन्तर ले पराजित गरेको हो । उपबिजेता टिम बालज्योतीले जनाता मा बि बार्हगोठे , भनु मा बि बुकुवा र चुलाचुली बोर्डिङ्ग लाई हराउदै फाइनल मा प्रवेश गरेको हो भनें बिजेता टिम पन्चकन्याल मा बि ले पन्चबुद्ध एकेडेमी र श्री अन्तु एकेडेमी लाई पराजित गर्दै फाइनल मा पुगेको थियो । आज सम्पन्न फाइनल खेलमा बिजेता बनेको पन्चकन्या आधारभुत बिद्यालय को फुटबल टिम ले नगद १५ हजार का साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो भनें उपबिजेता बनेको श्री बालज्योती मा बि ले नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाण प्राप्त गरेको हो । उक्त प्रतियोगिता को हाइ स्कोरर को उपाधी श्री अन्तु एकेडेमी का सुमित नेम्वाङ ले ८ गोल गर्दै प्राप्त गरे भनें बेस्ट गोल किप्पर पन्चकन्या आधार भुत बिद्यालय का नितेश श्रेष्ठ भए । त्यसै गरी म्यान अफ द ट्युनामेण्ट पन्चकन्या कै समिर श्रेष्ठ भए ।

Facebook Comments Box