देवेन्द्र पौडेल , चुलचुली /इलामको चुलाचुली गाउपालिका का दुई वटा बिध्यालयहरु ले सरस्वती पुजाको अवसर पारेर अक्षयकोषको स्थापना गरेका छन ।

चुलाचुली ४ स्थित बालज्योती माध्यमिक बिध्यालय मा अध्यनरत गरिव तथा जेहन्दार बिध्यार्थी हरु लाई लक्षित गर्दै उनिहरुको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यका साथ “चेतनारायण तुलसादेबी स्मृती अक्षयकोष ” को स्थापना गरिएको हो । चुलाचुली ४ निवासी गजेन्द्र कमर तथा छोरी निला कअमर राई ले रु एक लाख एक हजारको कोष स्थापना गरिएको हो त्यसै गरि सरस्वती पुजा कै अवसर पारेर चुलाचुली ३ मा रहेको श्री किराँतेश्वर माध्यमिक बिध्यालयमा पनि रु. एक लाखको अक्षय कोष स्थापना गरिएको छ । बिध्यालय मा अध्यापन गराउनु हुने शिक्षिका हिमा खतिवडा लगायत वहाका परिवार द्वारा सो अक्षयकोष को स्थापना गरिएको बिद्यालय ब्यवस्थापन समिती का अध्यक्ष हर्क बहादुर राइले जानकारी दिनुभयो ।

सरस्वती पुजाको सुभ साइत पारेर चुलाचुली २ मा रहेको पन्चकन्या आधारभुत बिध्यालयले आफ्नो नवनिर्मित भवनको पनि उदघाटन गरेको छ । चुलाचुली गाँउपालिका अध्यक्ष राजेन्द्र केरुङ्ग ले रिवन काटेर सो भवनको आधिकारिक उदघाटन गरिएको हो ।सो कार्यक्रम मआ गाँउपालिका उपाध्यक्ष दिल कुमारी लावती शिक्षा शाखा प्रमुख राम मिश्र को समेत उपस्थिती रहेको थियो ।

त्यसै गरि सरस्वती पुजाकै अवसर पारेर चुलाचुली ५ स्थित श्री भानु माध्यमिक बिध्यालयले बिध्यालय परिसरमा निर्माण गरिएको संवरण स्तम्भ को अनावरण गर्नुका साथै बिध्यालयको विभिन्न क्षेत्र मा सहयोग गर्नुहुने सहयोग दाताहरुलाइ सम्मान समेत गरिएको थियो ।

Facebook Comments Box