देवेन्द्र पौडेल
चुलाचुली

इलामको चुलाचुली गाउपालिका वडा नम्बर ३ र ४ को सिमाना मा पर्ने ऐनापोखरी श्रम सास्कृतिक पार्कमा लागिरहेको महोत्सब ले यतीखेर इलाम,झापा,मोरङ लगायतका क्षेत्रका मानिसहरुको मन खिचिरहेको छ ।
गत फाल्गुण १ गते देखी आगामी ७ गते सम्म सन्चालन हुने उक्त महोत्सव मा स्थानिय साथै राष्ट्रीय कलाकारहरु को दैनिक रुपमा प्रस्तुती रहने गरेको छ भनें त्यसका अलवा बिभिन्न खेलहरु मनोरन्जनका सामाग्रीहरु साथै स्थानिय उत्पादनहरु को समेत स्वाद लिन र अवलोकन गर्न सकिने गरी स्टलहरु को प्रवन्ध गरिएको छ । शिवालय सामुदायिक बनको क्षेत्र भित्र सन्चालन भएको उक्त महोत्सव ऐना पोखरी श्रम सास्कृतिक पार्क ब्यवस्थापन समितिको आयोजना मा सन्चालन भएको हो । स्थानिय उत्पादन लाई बजारिकरण गर्ने , स्थानिय पर्यटन क्षेत्र हरुको प्रवर्धन गर्ने ,लगायत को उद्धेस्य राखी सन्चालन गरिएको उक्त महोत्सवमा अहिले सम्म मानिसहरुको उत्साहजनक सहभागिता रहेको पाइएको छ । ३० भन्दा बढी स्टलहरु सन्चालनमा रहेको सो महोत्सब मा खाध्य सामाग्री,पेयपदार्थ,खेलौना,लत्ताकपडा , पुष्प नर्शरी लगायतका स्टलहरु रहेका छन भनें स्थानिय जातजाती हरु बिषेस गरेर राइ,लिम्बु, तामाङ, मगर, नेवार जातजातिको सस्कार सस्कृती र पहिचान झल्कने गरीका गैर ब्यापारिक स्टलहरु समेत रहेका छन ।

महोत्सवमा आउने महानुभाबहरुका लागि स्याउ किन्दा सुन्तला,कागती,अंगुर उपहार जस्तै महोत्सव हुने बताउनु हुन्छ उक्त पार्क ब्यवस्थापन समितीका अध्यक्ष कैलाश थुलुङ, उनका अनुसार महोत्सवमा आउने महानुभाबहरु ले स्थानिय उत्पादनहरु को उपयोग गर्न पाउनु का साथै प्राकृतिक सुन्दरताको समेत मझा लिन सक्नु हुनेछ । चुरे पहाडको फेदिमा रहेको सो ऐनापोखरी श्रम सास्कृतिक पार्क प्राकृतिक हिसाब ले निक्कै रमणिय रहेकाले पनि मानिसहरु उपस्थित हुने गरेको पाइएको छ । उक्त महोत्सब मा दिउसो आउनुहुने महानुभाबहरु ले बिभिन्न खेल हरुको मझा लिनुका साथै स्थानिय उत्पादन खाध्य सामाग्री हरु को स्वाद सँगै प्रकृती संग साक्षात्कार गर्न सक्नु हुनेछ, अग्ला अग्ला चुरेका टाकुराहरु मा गएर तराईका समथर भुभाग हरु लाई नियाल्न सकिनेछ भनें साँझ को समयमा बिभिन्न कलाकारहरु को बेजोड प्रस्तुती हेर्न सकिने सो महोत्सब लाई ब्यवस्थित गर्न का लागी आयोजक ले पार्किङ बिजुली बत्ती खाने पानी ट्वाइलेट समेतको प्रवन्ध गरेको छ ।

पचास हजार जना पाहुना भित्र्याएर पचास लाखको कारोबार गर्ने लक्ष्य राखेको आयोजक ले पहिलो दिन औपचारिक कार्यक्रम मात्र रहने भएका ले प्रवेश निशुल्क राखेको थियो भनें हिजो देखी साँझ कलाकार हरुको प्रस्तुती का समयमा भनें टिकट लिने गरेको छ जसमा बच्चाका लागी रु. पचास प्रवेश शुल्क लाग्ने छ भनें बयस्क का लागी रु. एकसय रुपैया लिने गरेको आयोजक समितीकि सदस्य गिता भण्डारी ले जानकारी दिनु भयो वहाँका अनुसार टिकट बिक्रीको पहिलो दिन २ गते ४ सय ८० जना ले खरिद गर्नु भएको थियो भने आज दोश्रो दिन एक हजार जना ले टिकट खरिद गरेर महोत्सव मा प्रवेश गर्नु भएको हो ।आगामी फागुन ७ गते सम्म सान्चालन हुने सो महोत्सब मा उपस्थित भएर स्थानिय पर्यटन प्रवर्द्धन का लागी स्थापना गरिएको ऐना पोखरी श्रम सास्कृतिक पार्कको बिकासका लागी यथासक्य सहयोग को समेत सम्पुर्ण महानुभाब हरुमा आयोजकले अनुरोध गरेको छ ।

Facebook Comments Box