देवेन्द्र पौडेल
चुलाचुली इलाम

इलामको चुलाचुली गाँउपालिकामा १४ औ स्थानिय तह स्तरिय रास्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । चुलाचुली ४ स्थित श्री बालज्योती माध्यमिक बिद्यालयले आयोजना गरेको सो प्रतियोगिता मा चुलाचुली गाउपालिका भित्रका दस वटा सामुदायिक र छ वटा सस्थागत गरी जम्मा १६ बिद्यालय हरु सहभागी रहेका थिए ।

भौगोलिक बिकटता लाई मध्यनजर गर्दै यस पटकको राष्ट्रपती रनिङ्ग शिल्ड फागुन १ देखी ३ गते सम्म क्लष्टर प्रतियोगिता सन्चालन पश्चात भलिबल र कपर्दी खेलका क्लष्टर बिजेताले र अन्य खेलका क्लष्टर बिजेता,उपबिजेताहरु बिच पालिका स्तरिय प्रतियोगिता मा प्रतिष्पर्धा भएको हो । फागुन ३ गते ४ गते र ५ गते पालिका स्तरिय प्रतियोगिता सन्चालन गरिएको हो ।ट्र्याक एथलेटिक्स , फिल्ड एथलेटिक्स , मार्शल आर्ट , रिले दौड ,भलिबल , कपर्दी लगायतका खेलहरु समावेश गरिने सो प्रतियोगिता मा २०६३ साल देखी पछाडिको जन्म दर्ता भएका खेलाडीहरु मात्रै प्रतियोगितामा सहभागी हुन पाउने कानुनी प्रावधान छ ।

विद्यार्थी हरुको शिक्षण सिकाइलाई प्रभाबकारी बनाउन अतिरिक्त कृयाकलाप अन्तरगत को खेलकुद बिधाको सो प्रतियोगिता ले राष्टृय स्तरमा खेलाडीहरु उत्पादन गर्ने पहिलो खुडकिलो को समेत काम गर्ने गरेको छ ।

३ दिने उक्त प्रतियोगितामा १३ स्वर्ण,११ रजत र ३ काँस्य गरी कुल २७ पदक सहित सो प्रतियोगिता को आयोजक बिद्यालय बालज्योती मा.बि. प्रथम भएको छ । त्यसैगरी १० स्वर्ण,१ रजत र १ काँस्य गरी कुल १२ पदक सहित सस्थागत बिद्यालय चुलाचुली अंग्रेजी बोर्डिङ्ग स्कुल दोश्रो तथा ४ स्वर्ण, ५ रजत र २ काँस्य सहित ११ पदक प्राप्त गर्दै राष्ट्र प्रेमी मा बि ले तेश्रो स्थान हासिल गर्न सफल भएको हो । त्यसै गरी भानु मा, बि. चुलाचुली ५ ले ४ स्वर्ण, ४ रजत र ६ काँस्य गरी जम्मा १४ पदक प्राप्त गरेको छ । त्यसरि नै जनता मा.बि. कमल ले ३ स्वर्ण ,४ रजत र २ काँस्य जितेको छ ,बाँझोगाउ मा.बि. ले ३ स्वर्ण र १ काँश्य प्राप्त गरेको हो त्यस्तै गरी पन्चकन्या आ.बि. ले २ स्वर्ण प्राप्त गरेको छ । गितान्जली आ.बि ले. २ स्वर्ण पदक प्राप्त गरेको हो भनें १२ रजत र ५ काँस्य किरांतेश्वर मा.बि. ले जितेको छ । मिक्लाचोङ्ग मा.बि. ले १ रजत र २ काँश्य पद प्राप्त गरेको हो भनें श्री अन्तु बोर्डिङ स्कुल ले १ काँस्य पदक प्राप्त गरेको हो ।

चुलाचुली २ स्थित श्री जनता माध्यमिक बिद्यालयलाई चौधौ पालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सन्चालन ब्यवस्थापन समितिले कारवाही गर्दै पदक बिहिन बनाएको छ । उक्त बिद्यालय लाई खेलाडिको कागजपत्र फर्जी बनाएको आरोप मा सन्चालन समितिले अनुसासन को कारवाही गरेको हो । राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सन्चालन निर्देशिका २०७० पाँचौ संसोधन २०८० को परिच्छेद ५ को दफा १८ ख बमोजिम जनता माध्यमिक बिद्यालय लाई कारवाही गरेको संचालन ब्यवस्थापन समितिका सदस्य सचिव तथा बालज्योती मा.बि का प्रधानध्यापक रुद्र प्रसाद गिरी ले जानकारी दिनु भयो ।

कार्यक्रम समापन तथा पुरस्कार बितरण कार्यक्रम मा चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ ,प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादब,कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री सम्सेर राइ लगायत को उपस्थिती रहेको थियो ।कार्यक्रम मा सहभागी सम्पुर्ण बिद्यालय हरुलाई सहभागिता को प्रमाण पत्र बितरण गरिएको छ भनें बिजेता उपबिजेता बिद्यालय हरुलाई नगद र ट्रफिले सम्मान गरिएको थियो । सोही अवसर मा बिद्यालय लगायत चुलचुली को शैक्षिक क्षेत्र मा बिशेस योगदान पुर्याउनु हुने सिक्षक शिक्षिका हरुलाई समेत सम्मान गरिएको हो ।

Facebook Comments Box