देवेन्द्र पौडेल
चुलाचुली

इलाम को चुलाचुली गाउ पालिका वडा नम्बर २ स्थित हिमाली मार्ग को कालोपत्रे समय सिमा भन्दा तीन महिना अघावै सम्पन्न हुँदैछ ।
चुलाचुली गाउपालिका र ठेकेदार कम्पनी अग्नी एन्ड सन्स निर्माण प्रा. लि. बिच २०८० साल मंसिर ८ गते थालनी गरेर २०८१ साल जेठ ३२ गते सम्पन्न गर्नु पर्ने सम्झौता भएता पनि सो कालो पत्रे भोली फागुन १० गते नै काम सम्पन्न गर्ने ठेकेदार कम्पनी प्रतीनिधी केसर राइ ले जानकारी गराउनु भयो ।
चुलाचुली गाउ पालिका वडा नम्ब र २ को एक्दमै ब्यस्त सडक मा कालो पत्रे गर्न लागिको हो । स्वामी चोक देखी मदन भण्डारी राजमार्ग संग जोडिने एक हजार तीन सय मिटर लम्वाइ रहेको सो कालोपत्रे को मोटाइ ४० एम एम रहेको छ भनें चौडाइ पाँच दसमलब पाँच मिटर रहने छ ।
डामर कंक्रीट(Asphalt) प्रविधी मार्फत गरिएको उक्त कालोपत्रे को ठेक्का अग्नी एण्ड सन्स निर्माण कम्पनी ले सो कामको ठेक्का एक करोड सत्र लाख छयासी हजार एक सय पन्ध्र रुपैया सम्झौता भएको सो कालोपत्रे आगामी २०८१ साल जेठ ३२ सम्म रहेको छ ।

Facebook Comments Box