देवेन्द्र पौडेल
चुलाचुली इलाम

गत फागुन १ गते देखी चुलाचुली मा सन्चालन भएको ऐना पोखरी श्रम सास्कृतिक पार्क महोत्सब आज फागुन १० गते चर्चित गायक राजेश पायल राइ को प्रस्तुती सँगै औपचारीक रुपमा समापन भएको छ ।


पुर्व निर्धारित तालिका मा फागुन १ देखी ७ गते सम्म रहेको भएता पनि स्थानिय हरुको आग्रहमा आयोजक ले थप ३ दिन थपेर फागुन १० गते सम्म चलाएको हो । स्थानिय पर्यटकिय स्थलहरु लाई प्रचारप्रसार, प्रवद्धन र संरक्षण गर्नुका साथै स्थानिय उत्पादनहरु को बजारिकरण मुख्य उद्धेश्य राखेर सुरु गरिएको उक्त महोत्सव मा स्थानिय कलाकार हरु को साथमा राष्ट्रीय कलाकार हरु टिका प्रसाइ , कमल खत्री , मिलन नेवार ,सुनिता थेगिम , रचना रिमाल का साथै राजेश पायल राइ को समेत प्रस्तुती प्रस्तुत गर्दै महोत्सव लाई समापन गरिएको छ ।

गाउ पालिका अध्यक्ष राजेन्द्र केरुङ को प्रमुख आतिथ्यता तथा गाउपालिका उपाध्यक्ष दिलु कुमारी लावती को बिशिष्ठ आतिथ्यता साथै चुलाचुली गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ ४ का वडा ध्यक्ष सागर जवेगु , ५ नम्बर वडा का वडाध्यक्ष बबिन राइ अतिथी रहनु भएको सो कार्यक्रम मा गायक राइ ले दर्जन भन्दा बढी गित गाएका थिए ।

युवा पुस्ताका लोकप्रिय गायक राइ को आगमन चुलाचुली मा यो पहिलो पटक हो चुलाचुली का बासिन्दा ले गायक राजेश पायल राइ लाई आफ्नै माटो मा भेटन पाएको यो नै पहिलो पटक हो । उनले आफु सँगै द भोइस अफ किडस कि उपबिजेता नुमा राइ का साथै स्थानिय गायक सौगात राइ लाई समेत स्टेज मा आफु सगै उतारेका थिए ।

जोसिला गायक राइ ले चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ आफ्नो एकदमै मिल्ने साथी रहेको र वहाँ सँग हङकङ मा भेट भएको समेत बताउनु भयो । वहांले थप्नु भयो महोत्सव मा अध्यक्ष ले आर्थीक सहयोग गरे गरेनन थाहा भएन तर वहाँले बिकाश भने भयन्कर गर्ने भन्दै भनेका थिए । साथै उनले चुलाचुली का दर्शक हरु लाई नचाएर थकाउन नसकिने रहेछ भन्दै रमाइलो गराए ।

गायक राजेश पायल राइ आउने पक्का भएपछी महोत्सव आयोजक समितिले प्रवेश शुल्क २ सय रुपैया बनाएको थियो भनें महोत्सव आयोजना टिकट ब्यवस्थापन समिती कि सदस्य गिता भण्डारी का अनुसार आज राजेश पायल राइ आएको दिन टिकट घर बाट १५ सय टिकट बिक्री भएको जानकारी दिनु भयो ।

ऐनापोखरी भर्खरै स्थापना भएको पोखरी बनाउने उद्धेस्य ले नभइ बाटो खन्ने क्रममा पोखरी बनिएको यथार्थ कुरा सर्वबिवितै छ ।जसलाइ संरक्षण र प्रवद्धन गर्न सके चुलाचुली को एउटा गतिलो गन्तव र स्थानिय सरकारको आम्दानी को दर्विलो श्रोत बन्ने निस्चित छ ।

Facebook Comments Box