बिद्यालय स्तरिय नृत्य प्रतियोगिता सम्पन्न
देवेन्द्र पौडेल
चुलाचुली
इलाम को चुलाचुली गाउँपालिका वडा नम्बर २ मा रहेको श्री जनता माध्यमिक बिद्यालयको जनता मा.बि. हातेमालो बाल क्लब ले आज फागुन १८ गते सुक्रबार चुलाचुली गाउपालिका बिद्यालय स्तरिय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ को प्रमुख आतिथ्यता तथा हातेमालो बाल क्लबका अध्यक्ष दिप्सन बि.क. को अध्यक्षता मा सम्पन्न सो नृत्य प्रतियोगिता मा चुलाचुली गाउँपालिका २ नम्बर वाडा वडाध्यक्ष लक्ष्मण श्रेष्ठ, चुलाचुली ५ नम्बर का अध्यक्ष तथा सामाजिक बिकास समिती का संयोजक बबिन राइ, चुलाचुली गाउपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख रिता पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।
चुलाचुली गाउपालिका भित्र रहेका बिद्यालयहरु मध्य ३ वटा सस्थागत र १० वटा सामुदायिक गरी जम्मा १३ बिद्यालयहरु बिच भएको सो नृत्य प्रतियोगिता मा चुलाचुली १ कमल स्थित श्री जनता माध्यमिक बिद्यालय प्रथम चुलाचुली १ मै रहेको श्री शिवज्योती आधारभुत बिद्यालय दोश्रो र आयोजक जनता माध्यमिक बिद्यालय तेश्रो भएका हुन । प्रथम हुने जनता माध्यमिक बिद्यालय ले राइजाती को सस्कार झल्कने सास्कृतिक नाच प्रस्तुत गरेको थियो भने दोश्रो हुने शिवज्योती आधारभुत बिद्यालय ले लिम्बु जातिको सस्कार झल्कने गितमा नृत्य प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरु को चौतर्फी बिकाशको लागी कितावी ज्ञान मात्र ले पुग्दैन जसका अलवा अतिरिक्त कृयाकलाप हरु को पनि ठुलो भूमिकाअ रहने भएकाले आज उक्त प्रतियोगिता को आयोजना गरिएको बिद्यालय श्रोत ले जनाएको छ ।
सो प्रतियोगिता मा प्रथम हुने जनता मा बि चुलाचुली १ कमल लाई प्रमाण पत्रका साथमा नगद रु ८ हजार दोश्रो हुने शिवज्योती आधारभुत बिद्यालय लाई नगद रु ५ हजारका साथमा प्रमाण पत्र ले कार्यक्रम का प्रमुख अतिथी गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ्ग मार्फत सम्मा कार्यक्रम सम्पन्न गरिएको हो भनें प्रतियोगिता मा तेश्रो हुने जन ता माध्यमिक बिद्यालय चुलाचुली २ लाई पनि नगद रु ३ हजार का साथमा प्रमाण पत्र ले पनि सम्मान गरिएको हो ।
कार्यक्रम लाई थप उत्साहपुर्ण बनाउन र अझै मनोरन्जन दिनका लागी रियालिटी शो द भोइस अफ किडस कि फाइनल उपबिजेता नुमा राइ को समेत प्रस्तुती रहेको थियो भने उक्त प्रतियोगिता सहभागी नृत्य हरु लाई कला बिभिन्न कोण हरु बाट नियाल्न निर्णायक को भूमिका मा अनमोल छेत्री र मौषम राना रहनु भएको थियो ।
