सालिन पोख्रेलको न्यायका लागी भोली चुलाचुलीमा कोण सभा
देवेन्द्र पौडेल
चुलाचुली
फागुन १२ मा चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत अवस्था फेला परेकी बालिका सालिन पोख्रेल को हत्या भएको र उक्त हत्यारा लाई चाँडो भन्दा चाँडो पक्राउ गरेर कानुनी कारवाही गर्नु पर्ने माग गर्दै भोली चुलाचुली ४ आइतबारे मा चुलाचुली का सचेत युवा हरुले बेलुका ४ बजे कोण सभा गर्ने भएका छन ।
त्रिवि शिक्षण अस्पतालले शलिनको पोष्मार्टम रिपोर्ट आइतबार जिल्ला प्रहरी कार्यालय चितवनमा पठाएको छ । शव परीक्षण रिपोर्ट अनुसार उनको मृत्युको कारण ‘ह्याङगिङ्ग’ उल्लेख गरिएको छ । पीडित पक्षले बलात्कारपछि हत्या भएको आरोप लगाउँदै आएका छन् । तर, पोष्टमार्टमबाट बलात्कार नभएको देखिएको छ ।
कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटनामा संलग्न आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले स्कुलका प्रिन्सीपलसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यसै क्रम मा प्रहरी ले अनुसन्धान मा प्रभा वित पार्ने कृयाकलाप गरेको भदै हिजो फागुन २० गते काठमाण्डौ बाट पुण्य गौतम र युवराज सफल लाई प्रहरी ले पक्राउ गरेको छ ।
उक्त घटना लाई निष्पक्ष छानविन गरी दोशी उपर कारवाही गर्नु पर्ने माग राख्दै भोली स्थानिय स्तर बाट पनि दवाब दिने उद्धेश्यले भोलिको कार्यक्रम आयोजना गरिएको सो कार्यक्रम का संयोजक युनिश न्यौपाने ले बताउनु भयो । साथै उक्त कार्यक्रम मा सम्पुर्ण न्यायप्रेमी महानुभाब हरु लाई उपस्थिती का लागी समेत अनुरोध गरिएको छ ।
