देवेन्द्र पौडेल
चुलाचुली

चुलाचुली गाउ पालिका वडा नम्बर १ स्थित श्री कमल सामुदायिक बन उपभोक्ता समितिको २५ औ साधारण सभा आज फागुन २१ गते सम्पन्न भएको छ ।
कमल सामुदायिक बनको कार्यलय मा सम्पन्न उक्त साधारण सभा समिती कि अध्यक्ष संगिता थलङ को सभापतित्व तथा चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ को प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो भनें चुलाचुली गाउपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष लाल बहादुर चाम्लिङ, ३ नम्बर वाडाका वडध्यक्ष प्रेम श्रेष्ठ , सामुदायिक बन उपभोक्ता महासंघ का तर्फ बाट चन्द्र दंगाल लगायत को उपस्थिती रहेको थियो ।

कार्यक्रम मा १६ लाख ७५ हजार बचत गर्दै २५ लाख ८८ हजारको आर्थीक प्रतिवेदन प्रस्तुत गरिएको थियो जसमा सस्था मा रहेको ३९ लाख नोक्सान लाई अब २२ लाख २५ हजार मा पुर्याएको समेत जानकारी दिएको हो ।

कार्यक्रम मा सस्था को कृयाकलाप र सामुदायिक बन मा भएको चोरी निकासीका बारेमा समेत छलफल भएको थियो । छलफल कै क्रममा चुलाचुली १ नम्बर वडा का का. वा. वडाध्यक्ष लाल बहादुर चाम्लिङ ले सस्था निष्कृय भएको टिप्पणी गर्नु भयो भनें समिती का तर्फ बाट वडा कार्यालय ले समिती लाई सहयोग नगरेको गुनासो पनि आएको थियो, वडा कार्यलय अघिल्तिरै बाट चोरी को काठ निकासी गर्दा समेत वडा ले समिती लाई खबर नगर्ने प्रथाले समिती लाई काम गर्न अप्ठ्यारो बनाएको समिती कि अध्यक्ष संगिता थलङ्ग को गुनासो रहेको थियो ।

यध्यपी कमल सामुदायिक बनले कटान आदेश बिना गत साउनमा सालका रुख हरु काटन सुरु गरिएको तर स्थानिय हरु को बिरोध का कारण उक्त कृयाकलाप बन्द भएको साथै सो समयमा कटान गरिएको रुख र काठ हरु सव डिभिजन बन कार्यालय चुलाचुली मा रहेको र सो कानुन बिपरित गरिएको कार्यलाई सामुदायिक बन समिती र सव डिभिजन बन कार्यालय चुलाचुली बिच को मिलेमतो मा उजुरी उपर तदारुकता का साथ कारवाही को लागी डिभिजन बन कार्यालय ले आनाकानी गरिरहेको समेत स्थानिय को आरोप छ ।

Facebook Comments Box