टोल स्तरिय फुटबल प्रतियोगिता हुदै

देवेन्द्र पौडेल / चुलाचुली
इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ३ देउराली स्थित सुर्योदय आधारभुत बिध्यालयको खेलमैदानमा आज देखि टोल स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ ।
चुलाचुली गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोग तथा तीन नम्बर वडा खेलकुद समितिको आयोजना रहेको सो फुटबल प्रतियोगितामा उक्त वडा भित्र रहेका सात वटा टोल बिकाश सस्था हरु बिच प्रतिष्पर्धा हुनेछ।
वडा भित्र रहेका फुटबल खेलाडी हरुको खेल कौशलको बिकास साथै खेलाडी छनौटको मुख्य उद्धेश्य रहेको सो प्रतियोगिता आज फागुन २३ बाट सुरु भएर आगामी २९ गते समापन हुनेछ भनें आज प्रतियोगिताको पहिलो दिन पेल्टिमारी टोल र शिवओरक टोल बिच प्रतिष्पर्धा हुँदै छ ।
पछिल्लो समय चुलाचुली ले फुटबल खेलमा राम्रा राम्रा खेलाडी हरु उत्पादन गरिरहेको र स्थानिय स्तरका फुटबल क्लबहरुमा आवद्ध भइ चुलाचुलिका खेलाडी हरु ब्यावसायिक खेल खेली रहेकाले उक्त कार्यमा थप टेवा र प्रोत्साहनका लागि सो प्रतियोगिताको आयोजना गरिएको आयोजक को भनाइ छ ।
आगामी फाल्गुण २९ गते हुने फाइनल खेलमा बिजेता टिमले नगद रु. १५ हजार का साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउने तथा उपबिजेता ले नग रु. १० हजारका साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने पेल्टिमारी टोल बिकास सस्था का अध्यक्ष मिलन रुम्दाली राइले जानकारी दिनु भयो ।