देवेन्द्र पौडेल
चुलाचुली इलाम

झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काकरभिट्टा मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्धेश्य सहकारी सस्था लिमिटेड ले आज आफ्नो ३१ औं वार्षिक उत्सब मनाएको गरेको छ ।
२०५० साल फागुन २४ गते स्थापना भएको सो सहकारी ले हाल बचत तथा ॠण, डेरि, एग्रो फार्म, सहकारी पसल र चिया उध्योग गरी ५ वटा ब्यावसाय सन्चालन गर्दै ११ सय ३३ जनालाई प्रत्यक्ष रोजगारिमा समेत आबद्ध गराएको छ ।
नेपाल बहुउद्धेश्य सहकारी सस्थाले सन्चालन गरेको बचत तथा ॠण ब्यावसाय अन्तरगत रहेका ५८ वटा सेवा केन्द्र अन्तरगत ४३ औं कार्यालय को रुप्मा स्थापना भएको चुलाचुली सेवा केन्द्र मा पनि आज सस्थाको ३१ औं वार्षिक उत्सब भब्यता का साथ सम्पन्न गरिएको छ ।

सो वार्षिक उत्सब सेवा केन्द्र चुलाचुली कै सभाहल मा सेवा केन्द्रगत उप समिती संयोजक तिलक सिं फागोको अध्यक्षता तथा चुलाचुली गाउपालिका वडा नम्बर १ का कार्यवहाक वडाध्यक्ष लाल बहादुर चाम्लिङ राइको प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो । १ हजार ४ सय ९७ जना शेयर सदस्य रहेको चुलाचुली सेवा केन्द्रमा आज सम्पन्न वार्षिक उत्सब मा बोल्दै प्रमुख अतिथी राइ ले चुलाचुली भेगमा आफ्नो सेवा केन्द्र खोलेर जनता लाई सेवा सुबिधा दिइ राख्नु भएको र आगामी दिनमा पनि यो सुबिधा दिइ राख्न अनुरोध गर्नु भयो ।

एनएमसि चुलाचुली सेवा केन्द्रले चुलाचुलीका बिभिन्न वडामा रहेका आफ्ना ६८ जना शेयर सदस्यहरु लाई ५ करोड २५ लाख ३ हजार ५ सय ४६ रुपैया ॠण लगानी गरेको छ भनें शेयर पुँजी ४५ लाख ४२ हजार ७ सय रुपैया रहेको सेवा केन्द्रकि प्रमुख रितु शाक्यले जानकारी गराउनु भयो । उक्त वार्षिक उत्सबमा बोल्दै एनएमसि चुलाचुली सेवा केन्द्र कार्यालयगत उप समिती संयोजक तिलक सिं फागोले अहिलेको बिसम परीस्थितीमा पनि सहज तरिकाले कारोबार गरी राखेको र बिभिन्न बित्तिय संघ सस्था हरुमाथी आक्रमण भइ राखेको अवस्था मा एनएमसि सुरक्षित रहेको बताउनु भयो ।

कार्यक्रम मा एनएमसि चुलाचुली सेवा केन्द्र कार्यालयगत उपसमिती सदस्य बासुदेव भट्टराइ , इकाइ नम्बर १ संयोजक सन्तोश थाम्सुहाङ २ नम्बर एकाइ संयोजक भिम चन्द्र बस्नेत लगायत को उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो ।

Facebook Comments Box