दादुरा-रुवेला चुलाचुली मा पहिलो दिन ४ सय ६ बालबालिका ले लगाए खोप
देवेन्द्र पौडेल
चुलाचुली इलाम
इलाम को चुलाचुली गाउपालिका मा आज बाट दादुरा रुबेला बिरुद्ध को खोप अभियान सुरु भएको छ ।
चुलाचुली गाउपालिका मा उक्त खोप आज फागुन २७ गते देखी आगामी चैत्र २ गते सम्म पालिकाका ६ वटा वडाका बिभिन्न बिद्यालय, सामुदायिक सस्था तथा स्वास्थ्य सस्थाहरु गरी जम्मा ३६ खोप केन्द्र मा १ हजार ८ सय ९२ जना नौ महिना भन्दा माथी र ५ वर्ष मुनिका बालबालिका हरुमा सन्चालन हुने छ ।
दादुरा, रुबेला खतरनाक रोगहरू हुन् यसबाट बालबालिकाको मृत्यु समेत हुन सक्छ दादुरा-रुबेला भएको एक जना व्यक्तिले १८ जना सम्मलाई सार्न सक्छ । दादुरा-रुबेला खोप लगाएपछि यी रोगहरुबाट सुरक्षित हुन सकिन्छ । यस अभियानमा तराईका २१ र काठमाण्डौँ उपत्यकाका तीन जिल्ला गरि २४ जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका र बाँकी जिल्लामा ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा-रुबेला खोप दिइँदैछ। अभियानमा दिइने दादुरा-रुबेला खोप थप मात्रा भएकोले पहिला जतिपटक लगाएको भएता पनि यस अभियानमा लगाउनै पर्छ ।
दादुरा रुवेला बिरुद्ध को खोप अभियान लाई नेपाल सरकार ले २ भाग अति जोखिम क्षेत्र र न्युन जोखिम क्षेत्र गरी गत फागुन १३ गते देखी चैत्र ७ गते सम्म सन्चालन गर्ने भएको छ । जसमा इलाम न्युन जोखिम रहेको जिल्ला मानिएको छ जसले गर्दा ५ वर्ष सम्म का बालबालिका लाई मात्रै उक्त भ्यक्सिन लगाउने गरेको छ ।
जस अन्तर्गत चुलाचुली गाउपालिका वडा नम्बर १ मा रहेको समाज सुधार समुहको हलमा भएको आजको दादुरा रुवेला को खोप अभियान मा ३९ जना बालबालिका हरुलाई खोप लगाइएको जानकारी प्राप्त छ, त्यसैगरी चुलाचुली को २ नम्बर स्थित श्री जनता माध्यमिक बिद्यालय मा सन्चालन गरेको खोप केन्द्र मा ४८ जना बालबालिका हरु खोप प्रदान गरिएको हो । त्यसरि नै चुलाचुली को वडा नम्बर ३ मा रहेका ४ वटा केन्द्र मध्य आज पहिलो दिनको खोप केन्द्र श्री अन्तु बोर्डिङ स्कुल मा १०१ जना बालबालिका लाई खोप लगाइएको जानकारी स्वास्थ्य स्वयम सेविका गिता भण्डारी ले दिनुभयो
खोप अभियान को पहिलो दिन चुलाचुली को मुख्य केन्द्र ४ नम्बर वडा स्थित श्री पन्चबुद्ध बोर्डिङ्ग स्कुलमा ५८ जना बालबालिका लाई खोप प्रदान गरियो भनें ५ नम्ब र वडाको श्री भानु माध्यमिक बिद्यालय मा रहेको खोप केन्द्र मा ६९ जना बालबालिका हरु सहभागी भएको गाउघर स्वास्थ्य क्लिनिक चुलाचुली ५ का इन्चार्ज चुडाराज बस्नेत ले जानकारी दिनुभयो ।
चुलाचुली गाउपालिका अन्तरगत को सबै भन्दा ठुलो वडा ६ नम्बर वडामा उक्त खोप अभियान लाई ३ स्थानको १२ वटा खोप केन्द्र बाट सन्चालन गरिदैछ । सो वडाको तल्लो भेग लाई लक्षित गरी तोरिबारी स्थित श्री गितान्जली आधारभुत बिद्यालय मा आज सन्चालित खोप अभियान मा ४१ जना बालबालिका सहभागी भएको गाउघर स्वास्थ्य क्लिनिक तोरिबारी कि कर्मचारी भिमा आचार्य ले बताउनु भयो । त्यसै गरी सोही वडा को फुङनाम सामुदायिक स्वास्थ्य एकाइ मार्फत श्री राष्ट्र प्रेमी माध्यमिक बिद्यालय मा सन्चालित खोप अभियान मा २१ जना बालबालिका सहभागी भए भने दशमि स्वास्थ्य चौकी मार्फत सगरमाथा आधारभुत बिद्यालय र सहिद स्मृती आधारभुत बिद्यालय २ स्थान मा गरी २९ जना बालबालिका सहभागी भएको जानकारी प्राप्त छ ।
खोप अभियान र सामुदायिक स्वास्थ्य कृयाकलाप का बिषय मा इलाम टाइम्स संग संक्षिप्त कुरा गर्दै चुलाचुली गाउपालिका स्वास्थ्य शाखा प्रमुख दुश्यन्त दहाल ले भन्नु भयो यो खोपले कुनै पनि बच्चा लाई साइड इ फेक्ट नगर्ने दादुरा तथा रुवेला बच्चा हरु का लागी प्राण घातक रोग भएकाले यस्ता रोगहरु बाट बच्न अहिलेको अभियान को खोप अनिवार्य रुपमा लाउनु पर्ने र यो अभियानमा चुलाचुली बासी आम सचेत नागरिक ले सहयोग गर्ने आशा समेत ब्यक्त गर्नुभयो ।
