पेल्टिमारी बन्यो टोलबिकास सस्था हरुको च्याम्पियन

देवेन्द्र पौडेल
चुलाचुली इलाम
चुलाचुली गाउपालिका वडा नम्बर ३ मा आयोजित अन्तर टोलबिकास सस्था फुटबल प्रतियोगिताको आज फागुन २९ गते सम्पन्न फाइनल खेलमा पेल्टिमारी टोल बिकास सस्था बिजयि बनेको छ ।
चुलाचुली गाउपालिका वडा नम्बर ३ को आर्थीक सहयोग तथा वडा खेलकुद समिती ३ नम्बरको आयोजना रहेको सो प्रतियोगितामा चुलाचुली गाउपालिका वडा नम्बर ३ भित्र रहेका सात वटा टोलबिकास सस्थाहरु बिच प्रतिष्पर्धा भएको थियो र सो प्रतियोगिता गत फागुन २३ गते बाट सन्चालन भइ आज समापन भएको हो ।
चुलाचुली ३ देउराली स्थित श्री सुर्योदय आधारभुत बिद्यालयको खेलमैदान मा सम्पन्न उक्त प्रतियोगिताको आज एक औपचारिक कार्यक्रम गर्दै समापन गरिएको हो । सो औपचारिक कार्यक्रम को अध्यक्षता वडा खेलकुद समिती का अध्यक्ष भरत राना सम्पाङ राइ हुनुहुन्थ्यो भनें प्रमुख अतिथी ३ नम्बर वडाका वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ रहनु भएको थियो ।

स्थानिय खेलाडीहरु को खेल कौशल बिकास गर्नुका साथै खेलाडी छनौट तथा खेलाडी उत्पादन मुख्य उद्धेस्य राखेर चुलाचुली वडा नम्बर ३ ले रु एक लाख रुपैया बजेट बिनियोजन गरी आयोजना गरिएको सो प्रतियोगिता को आज सम्पन्न पेल्टिमारी टोल बिकास सस्था र देउराली टोल बिकास सस्था बिच भएको फाइनल खेल मा पेल्टिमारी ले देउराली लाई ३-२ गोल अन्तर ले पराजित गरेको हो ।निर्धारित पचास मिनेट को समय मा कुनै पनि टिम ले गोल गर्न नसकेका कारण खेल लाई पेनाल्टी मार्फत समापन गरिएको हो भनें खेल मा नियम उलङ्घन गरेको भन्दै रेफ्री बाबुराम श्रेष्ठ ले पेल्टिमारी टोल का जर्शी नम्बर २० का खेलाडी निराजन तामाङ लाई दोश्रो हाफ को २७ औ मिनेट मा रेड कार्ड दिएका कारण खेल मा केहि समय बादबिवाद समेत भएको थियो ।

फाइनल खेलका प्रतिष्पर्धिहरु पेल्टिमारी टोल ले शिवओरक मिलन टोल र सम्बृद्धी टोल लाई पराजित गर्दै फाइनल को यात्रा तय गरेको थियो भनें देउराली टोलले सुनौलो टोल लाई पराजित गरेर फाइनल मा प्रवेस गरेको हो । आज सम्पन्न फाइनल खेल बिजेता टोली पेल्टिमारी टोल बिकास सस्था ले नगद रु. १५ हजार का साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भनें उप बिजेता टोली देउराली टोल बिकास सस्था ले नगद रु. १० हजार का साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यसै गरी बिधागत पुरस्कारहरु मा बेष्ट गोल किप्पर अरुण राइ ,बेष्ट मिड फिल्डर अमर राइ , बेष्ट डिफेन्स किरण गिरी , हाइ स्कोरर २ गोल प्रबिन राइ र म्यान अफ द टुनामेण्ट जिदान राइ ले प्राप्त गरे ।