चुलाचुली मा आधारभुत पत्रकारिता तालिम सम्पन्न
देवेन्द्र पौडेल/चुलाचुली
इलामको चुलाचुलि गाउँपालिकामा तीन दिने आधारभुत पत्रकारिता तालिम आज चैत्र ६ गते सम्पन्न भएको छ ।
चुलाचुली गाउँपालिकाको आर्थिक ब्यवस्थापन तथा श्रीयम मिडिया प्रा.लि को सहजिकरण मा गत चैत्र ४ गतेदेखी सुरुभएको उक्त तालिम आज समापन गरिएको हो ।स्थानिय स्तरमा कार्यरत पत्रकारहरु, पत्रकारिता मा रुचि राख्नेहरु तथा आमसन्चार मा काम गर्न इच्छुकहरु लाइ समाचारको श्रोत पहिचान ,समाचार संकलन ,समाचार लेखन,पत्रकारिताको आचारसंहिता, सुचनाको हक लगायतका बिषयमा तालिम दिइएको थियो । ३ दिने तालिमको समापनका अवसर मा सहभागिहरुको तर्फबाट बोल्दै दिपेन्द्र गौतमले अब चुलाचुली गाउपालिकामा पत्रकार हरु छैनन भन्ने दिन गए, पालिका मा कसैले स्थानिय पत्रकारहरु सहभागी गराइदिनुस भनेर आग्रह गर्दा पालिकालाई पर्ने समस्या पनि यो तालिमले सामधान गरेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ इलाम शाखाका सचिब तथा नागरिक दैनिक का इलाम प्रतिनिधि बहिम चापागाइ र राष्ट्रीय समाचार समिती इलाम का प्रतिनिधि मनोज अधिकारिले संयुक्त रुपमा सहजिकरण गर्नुभएको सो ३ दिने तालिममा चुलाचुली गाउपालिका भित्रका २५ सहभागिहरुको सहभागिता रहेको थियो ।आज सम्पन्न समापन कार्यक्रम मा बोल्दै चुलाचुली गाउपालिका कि उपाध्यक्ष दिल कुमारी लावतिले भन्नुभयो पछिल्लो समय चुलाचुली गाउ सरकारले पत्रकार हरुको बृत्तिबिकास का लागि बार्षिक नीति तथा कार्यक्रममा सानासाना भएता पनि कार्यक्रमहरु राखेको बताउनु भयो ।
त्यसै गरि उक्त तालिमको समापन अवसर मा बोल्दै प्रेश सेन्टर नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष राम योङहाङले स्थानिय सरकारले स्थानिय सन्चार गृह हरुलाइ बृत्ती बिकासका लागि आर्थिक सहयोग गर्नुपर्ने बताउनु भयो । वहाँले थप्नु भयो इलाम जिल्लाका २ वटा पालिकाले मात्रै स्थानिय सन्चार गृहहरुलाइ बृत्तिबिकासमा सहयोग गरेको समेत जानकारी दिनु भयो । तिनदिने तालिमको पहिलो २ दिन गाउँपालिकाको हलमा सम्पन्न गरिएको थियो भनेँ आज अन्तिम तथा समापनको कार्यक्रम ३ नम्बर वडाको हलमा सम्पन्न भएको हो ।
समापनको औपचारिक कार्यक्रम श्रीयम मिडिया का अध्यक्ष भिम चापागाँइको अध्यक्षता मा सम्पन्न भएको थियो भनेँ कार्यक्रम मा चुलाचुली गाउपालिकाका प्रमुख प्रशसकिय अधिकृत केशब कुमार ढकाल स्थानिय बुद्धिजिवी सन्जय राई लगायत को उपस्थिती रहेको थियो ।
