देवेन्द्र पौडेल, चुलाचुली ,चैत्र १०/आगामी चैत्र १५ गते देखी सन्चालन हुने एस.इ.इ परिक्षाका लागी इलामको चुलाचुली गाउपालिका मा दुइवटा परिक्षा केन्द्र तोकिएको छ ।
चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित श्री जनता माध्यमिक बिध्यालय र चुलाचुली ५ स्थित श्री भानु माध्यमिक बिध्यालय परिक्षा केन्द्र को रुपमा रहने भएको छ । चुलाचुली गाउपालिका बाट एस.इ.इ मा दशवटा बिध्यालयहरु सहभागी हुनेछन भनें चुलाचुली ६ स्थित श्री मिक्लाचोङ माध्यमिक बिध्यालय भनें भौगोलिक सुबिधाका कारण माङसेबुङ ४ चिसोपानी स्थित चिसोपानी माध्यमिक बिध्यालयमा सहभागी हुने भएको छ।

दश बिध्यालयका २ सय ९८ जना बिध्यार्थी मध्ये चुलाचुली २ स्थित जनता माध्यमिक बिध्यालय मा रहेको केन्द्रमा चुलाचुली का ५ बिध्यालय र माङसेबुङ को १ बिध्यालय समेत सहभागी रहेका छन । सो केन्द्रमा १ सय ५१ जना बिध्यार्थी सहभागी हुनेछन जसमध्ये १ सय ४० जना नियमित र ११ जना ग्रेड बृद्धी का लागी परिक्षा मा सामेल भई रहेका छन । उक्त परिक्षा केन्द्रमा सहभागी हुने बिध्यालयहरु मध्ये माङसेबुङ गाउपालिका को बिध्यासृजनात्मक मा.बि बाट १३ जना नियमित र ३ जना ग्रेड वृद्धि का लागि सहभागी हुनेछन त्यसै गरि सोही परीकराष्ट्र केन्द्रमा राष्ट्रप्रेमी माध्यमिक बिध्यालय साकफारा बाट २० जना , भानु मा.बि. बुकुवा बाट २४ जना ,किरातेश्वर मा.बि. बाट ५३ जना , त्यसै गरेर जनता मा.बि. कमल बाट ३३ जना र सनफ्लावर एकेडेमी बाट ६ जना बिध्यार्थी रहेको जानकारी प्राप्त छ ।

त्यसै गरी चुलाचुली को अर्को परिक्षा केन्द्र श्री भानु माध्यमिक बिध्यालय मा जम्मा १ सय ५१ जना बिध्यार्थी सहभागी हुनेछन जसमा १ सय ४९ जना नियमित र २ जना को ग्रेड बृद्धी का परिक्षार्थी रहनु भएको छ । सो परिक्षा केन्द्र मा जनता माध्यमिक बिध्यालय बाट ५६ जना नियमित र १ जना ले ग्रेड बृद्धी का लागी परिक्षा दिनेछन । त्यसरी नै बालज्योती मा बि बाट ४७ जना बाँझोगाउ मा बि १७ जना र चुलाचुली बोर्डिङ्ग बाट ३० जना गरी कुल नियमित तर्फ १ सय ४९ जना र ग्रेड बृद्धी मा २ जना बिध्यार्थी सहभागी रहने छन ।

यस पटक को एसइइ मूल्याङ्कन प्रक्रियामा उल्लेख्य परिवर्तन गरी SEE २०८० नयाँ पाठ्यक्रम अन्तर्गत सञ्चालन गरिने छ । लेटर मार्किङ सिस्टम प्रयोग गरिने छ, जहाँ ३५ प्रतिशतभन्दा कम अङ्कलाई नन-ग्रेड (एनजी) भनी तोकिनेछ। थप रूपमा, दुई विषयहरूमा अनुत्तीर्ण विद्यार्थीहरूले पछिल्ला परीक्षाहरू मार्फत ग्रेड सुधारको अवसर पाउनेछन्। यस पटक को एस इ.इ. परिक्षामा २ लाख ४६ हजार ४ जना छात्र तथा २ लाख ४३ हजार ४ सय ४० छात्रा गरी कुल ४ लाख ८९ हजार ४ सय ४४ जना बिध्यार्थी ले परिक्षा लेख्नेछन ।

Facebook Comments Box