मंगोलको चुलाचुली मा दोश्रो गाउँ अधिवेशन सम्पन्न
देवेन्द्र पौडेल ,चैत्र १० चुलाचुली/मंगोल नेसनल अर्गनाइजेशन ले चुलाचुली को दोश्रो पालिका स्तरिय गाउँसभा हिजो चैत्र १० गते चुलाचुली ३ स्थित सेमिच्योङ्ग भवन मा सम्पन्न गरेको छ ।
मंगोल नेसनल अर्गनाइजेशन दोश्रो चुलाचुली गाउँसभा आयोजक समिती का संयोजक दल बहादुर श्रे ष्ठ को सभापतित्व मा सम्पन्न उक्त गाउँ अधिवेशन का प्रमुख अतिथी मंगोल नेशनल अर्गनाइजेसन का केन्द्रीय सचिब तथा आगामी बैशाक १५ गते सम्पन्न हुने उप निर्वाचन मा इलाम को क्षेत्र नम्ब र २ का उम्मेद्वार मणी पापो लिम्बु हुनुहुन्थ्यो ।
राज्यले मंगोल समुदाय लाइ दमन गरेको, एकात्मबादी राज्य सत्ताले नेपालका मुलबासी मंगोल हरुलाइ आयातित धर्म, सस्कार र परम्परा जवरजस्ती लादेर आफ्नो अस्तित्व र पहिचान नै नामेट गर्न लागेको ठहर गरी उक्त समुदायलाइ एकता को सुत्रमा बाँधेर आफ्नो हक अधिकार प्राप्त गर्न सरकार संग लडन को लागी जागरुक गराउदै सांगठनिक तवरले अघाडी बढेको मंगोल नेशनल अर्गनाइजेसन को हिजो सम्पन्न उक्त सभाले चुलाचुली गाउपालिका स्तरिय नयाँ समिती समेत गठन गरेको छ ।
सर्वसम्मत हिजो चयन भएको समितिको अध्यक्ष मा नर्भु तामाङ्ग सचिब मा अनिता लावती केरुङ्ग, कोषाध्यक्ष दिपेन्द्र हाङ्गसुरुम्बा, सह सचिब धन बहादुर राई, प्रचार प्रसार सचिब कविराज राई र सदस्य हरुमा राम बहादुर केरुङ्ग, आइतराज केरुङ्ग, दिपक मोक्तान, धन माया राना राई, दुर्गा लिम्बु, प्रताप तामाङ्ग, जिर कुमार दोवाली राई, संगिता राई, सन्ध्या राई, बिकाश राई, सुवास थुलुङ राई, र सन्तोश केरुङ्ग रहनु भएको जानकारी नवगठित समिती का अध्यक्ष नर्भु तामाङ्ग ले दिनुभयो ।
