देवेन्द्रपौडेल चैत्र १८ चुलाचुली

इलामको चुलाचुली गाउपालिका वडा नम्बर ४ मा कार्यालय रहेको चुलाचुली प्रवासी सेवा समाजले आफ्नो पहिलो साधारण सभा तथा वार्षिक उत्सब सम्पन्न गरेको छ ।

हिजो चैत्र १७ गते चुलाचुली ४ स्थित पाथिभरा बचत तथा ॠण सहकारी सस्थाको सभाहलमा सम्पन्न उक्त साधारण सभा तथा वार्षिक उत्सब सस्थाका उपाध्यक्ष साम्बा को सभापतित्व तथा चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ्ग को प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो । त्यसै गरि कार्यक्रम मा चुलाचुली वडा नम्बर ४ का वडाध्यक्ष सागर जबेगु , वडा सदस्य हरु नीर बहादुर राई, दिलमाया राई , बिष्णु माया गजमेर का साथै स्थानिय समाजसेवी सन्जय राईको समेत उपस्थिती मा कार्यक्रम सम्पन्न भएको हो ।

२०७६ सालमा बैदेशिक रोजगारी मा गएका युवाहरुले स्थापना गरेको सो चुलाचुली प्रवासी सेवा समाज ले स्थानिय स्तरमा आँखा शिविर सन्चालन , बिध्यार्थी लाई छात्रबृत्ति प्रदान, प्राकृतिक बिपत्तिमा सहयोग लगायत का कार्यहरु गर्दै आएको सो सस्था ले कानुनी मान्यता भनें २०८० साल देखि मात्रै पाएको हो ।

हिजो सम्पन्न प्रथम सधारण सभा मा सस्थाका सह कोषाध्यक्ष काजिमान राईले एक बर्ष मा रु.७ लाख आम्दानी गरेको र रु.२ लाख खर्च गर्दै रु ५ लाख बचत गर्न सफल भएको बार्षिक प्रतिवेदन मार्फत जानकारी गराउनु भयो ।

कार्यक्रम सस्थाका सचिब जनक महराले सन्चालन गर्नु भएको थियो भनें चुलाचुली प्रवासी सन्चालका अध्यक्ष छत्र राई , पेल्टिमारी प्रवासी मन्च का तर्फ बाट सरोज दंगालको समेत उपस्थिती रहेको थियो ।

Facebook Comments Box