प्रदेश १ को स्वास्थ्य मन्त्रालय निर्मला लिम्बूलाई

प्रदेश १ को स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बू नियुक्त हुनुभएको छ । यसअघि बिना विभागीय मन्त्रीका रुपमा रहनुभएकी लिम्बुलाई मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मा दिनुभएको हो ।
लिम्बुले पुस २५ गते मुख्यमन्त्री कार्कीसँगै मन्त्रीको सपथग्रहण गर्नुभएको थियो । उक्त दिन मुख्यमन्त्री र ३ मन्त्रीले शपथ लिएकोमा शुक्रबार मुख्यमन्त्री कार्कीले थप २ मन्त्री नियुक्त गरी जिम्मेवारी तोक्नुभएको छ । जसपाबाट प्रतिनिधित्व गर्नुहुने लिम्बु ताप्लेजुङ प्रदेशसभा ‘क’ बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको हो ।
Facebook Comments Box