देवेन्द्र पौडेल चुलाचुली /सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ले इलामको देउमाइ नगरपालिकामा हिजो जेष्ट १९ गते नगर अधिवेशन सम्पन्न गर्दै महम राइको नेतृत्वमा १३ सदसिय नगरकमिटी सर्वसम्मत चयन गरेको छ ।

पचिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टिले केन्द्रिय अधिवेशनको टुङ्गो लगाए सँगै सम्पुर्ण स्थानिय तहमा समेत नेतृत्व चयनलाई तिब्रताका साथ अघाडी बढाइएको छ ।यसै क्रममा इलामको पश्चिमी पालिका देउमाइ नगरपालिकामा समेत उक्त पार्टिले नगरकमिटिलाइ पुर्णता दिएको हो ।

रास्वपा देउमाइ नगरकमिटिको सभापतिमा महम राई रहनु भएको छ भनें उपसभापतिमा नेत्रप्रसाद गौतम , सचिबमा देवराज चापागाँइ सहसचिबमा झरेन्द्र बराल र कोषाध्यक्ष मा मनिषा बास्तोला रहनुभएको छ भनें सदस्यहरुमा बिनोद आचार्य, खेसेहाङ लिम्बु, कमला लुइटेल, साबित्रा कार्की ,कल्पना नेपाली , सन्ध्या खनाल र रिता राई रहनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी देउमाइ ले नगर स्तरमा संगठन मजबुत बनाउनका लाई नगरपालिका भित्र रहेका ९ वटा वडाहरु मध्ये ८ वटामा वडा अधिवेशन सम्पन्न गरि नया नेतृत्व चयन गरिसकेको र बाकी रहेको वडा समेत अब तुरुन्तै वडा अधिवेशनको कार्यक्रम सम्पन्न गरेर संगठनलाइ मजबुत बनाएर लैजाने रास्वपा देउमाइ नगर सभापती महम राइले बताउनु भयो । इलाम जिल्लाम रहेका १० स्थानिय तहहरु मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीको सांगठनिक हिसाबले मजबुत मानिएको देउमाइ नगरपालिका ले गत फागुन २१ गते समन्न प्रतिनिधि सभाको निर्वाचनका लागि इलाम को क्षेत्र नम्बर २ का लागि उम्मेद्वार समेत पाएको थियो ।

Facebook Comments Box