देवेन्द्र पौडेल चुलाचुली इलाम/ जागृती अपाङ्ग संघ चुलाचुली इलामको अध्यक्ष पदमा निर्वाचन हुँदा मन्जु खनाल भए संगै सस्थाको २१ औ साधारण सभा तथा ८ औ अधिवेशन हिजो जेष्ठ २२ गते सम्पन्न भएको छ ।

चुलाचुली गाउपालिका को प्रशासकिय भवन परीसरमा जागृती अपाङ्ग संघ चुलाचुली का अध्यक्ष चन्द्र दंगालको अध्यक्षता तथा चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ्ग को प्रमुख आतिथ्यता मा सम्पन्न सो साधारण सभाको खुल्ला शत्रमा गाउपालिका उपाध्यक्ष दिल कुमारी लावती विशिष्ठ अतिथी का साथै गाउपालिका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य,महिला बालबालिका तथ जेष्ठ नागरिक शाखा प्रमुख रिता पोख्रेल,स्वास्थ्य शाखा प्रमुख दुश्यान्त दहाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम को पहिलो खुला शत्रमा शुभकामना मन्तब्य राख्दै महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता पोख्रेल ले अपाङ्ग साथीहरु ले पनि साहस र हिम्मत राख्दै कर्ममा लागीपरे सपाङ्ग झै काम गर्न सकिने बताउनु भयो,त्यसैगरी कार्यक्रमको दोश्रो शत्रमा हुने अधिवेशनले बिगत का समितीहरु भन्दा सकृय समावेशी र मजबुत कार्यसमिती छनौट गर्नेछ भन्ने अपेक्षा राखेको बताउदै शुभकामना समेत दिनुभयो । त्यसैगरी कार्यक्रम का अतिथी चुलाचुली गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राजकुमार शाक्यले कार्यक्रम मा शुभकामना मन्तब्य राख्दै बिगत देखी नै अपाङ्गता भएका ब्यक्तीहरु लक्षित बिभिन्न शिर्षकमा राज्यले सरकारी लगानी गरिराखेको र पछिल्लो समय त्यस्ता लगानीहरु कतिको प्रभाबकारी भए र लक्षित बर्गमा त्यसको प्रभाब कस्तो रह्यो भन्ने कुराको समेत समिक्षा गर्नुपर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रम का प्रमुख अतिथी गाउपालिका अध्यक्ष राजेन्द्र केरुङले आफु नेतृत्वको स्थानिय सरकार आउनु भन्दा पहिला र अहिलेमा चुलाचुली गाउपालिका भित्रका अपाङ्गता भएका ब्यक्ती हरुमा केहि फरक आएको बताउनु भयो । वहाँले थप्नुभयो कतिपय कुराहरु आवश्यकता हुँदाहुँदै पनि बिधी र निती का कारण गर्न नसकिदो रहेछ र यस्ता आवश्यकिय काम हरुलाई समय र सन्दर्भ मिलाएर स्थानिय सरकारले उचित सम्बोधन गर्ने बताउनु भयो । उक्त साधारण सभाको खुला शत्रमा सस्थाकि सचिब लक्ष्मीमाया थापा गुरागाइले प्रस्तुत गर्नुभएको आर्थीक वर्ष २०८२/८३ को प्रगती प्रतिवेदन तथा भावी योजनाहरु का साथै आर्थीक प्रतिवेदन समेत सर्वसम्मत पास गरिएको थियो ।

कार्यक्रम को दोस्रो खण्ड बन्दशत्र अन्तरगत को ८ औ अधिवेशनमा सस्थाका पुर्व अध्यक्ष बिद्यानाथ पोख्रेलको संयोजकत्व मा देवेन्द्र पौडेल र केन्द्र कुमारी दहाल सदस्य रहेको निर्वाचन मण्डल ले ११ सदसिय जागृती अपाङ्ग संघ चुलाचुली गठन गरी जिम्मेवारी समेत हस्तान्तरण गरिएको छ । कार्यक्रम को बन्द शत्रमा नयाँ कार्यसमिती को अधिकांश पदहरुमा सर्वसम्मत छ्नौट भएको थियो भने अध्यक्ष पदमा ३ जना आकांक्षी भएको कारण निर्वाचन मण्डलले निर्वाचन गराउदा मन्जु खनाल ३४ मत सहित पहिलो हुनुभयो भने लक्ष्मी थापा गुरागाइले २९ मत प्राप्त गर्दै दोश्रो तथा अर्पण राइ ले ८ मत सहित तेश्रो हुनु भएको थियो । उक्त बन्द शत्रले जागृती अपाङ्ग संघ चुलाचुली को उपाध्यक्ष मा संगिता गिरी (न्युन दृष्टी अपाङ्गता),सचिब मा लक्ष्मी थापा गुरागाइ (शारिरिक अपाङ्गता),सहसचिब मा बिष्णु कुमाल (शारिरिक अपाङ्गता),कोषाध्य्क्ष मा दिल कुमारी राइ (शारिरिक अपाङ्गता) तथा सदस्य हरुमा उद्धब गौतम (शारिरिक अपाङ्गता),अशोक खपाङ्गी (शारिरिक अपाङ्गता) जानुका भट्टराइ (श्रवण अपाङ्गता) पुष्पमाया चापागाइ (स्वर बोलाई अपाङ्गता) अमर चेम्जोङ (शारिरिक अपाङ्गता) र बुद्धिनाथ अधिकारी (बौद्धिक अपाङ्गता अभिभावक) रहनु भएको छ ।

नेपाल सरकारले अपाङ्गता भएका ब्यक्ति लाई १० वटा बर्गमा बिभाजन गरेता पनि चुलाचुली गाउपालिका मा ८ किसिमका अपाङ्गहरु रहेका छन । नेपाल सरकार ले अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ जारी गरी बिभिन्न क्षेत्रमा त्यस्ता ब्यक्ती हरुको सहज पहुँच पुर्याउने कानुनी ब्यवस्था गरेता पनि ब्यवहारिक रुपमा यसको अभ्यास न्युन रहेको पाइएको छ । बिभिन्न योजना र कानुन निर्माणमा यस्ता ब्यक्ती हरुको पहुँच अत्यन्तै कम रहेको छ । मुख्यगरी स्थानिय तह नागरिकको सबैभन्दा नजिकको सरकार रहेको र स्थानिय तहका जनप्रतीनिधी तथा कर्मचारी हरु सँग सहजै भेटने र कुरा गर्न पाउने अधिकार चुलाचुली गाउपालिका मा अझै सम्म सुनिष्चित नभएको स्थानिय अपाङ्ग हरुको गुनासो छ । साथै नयाँ बनिरहेका सरकारी संरचना हरु खास गरी बिद्यालय हरु पनि अपाङ्ग मैत्री नरहेको उनिहरुको गुनासो छ । यसप्रती स्थानिय तहका जन प्रतीनिधी हरुले ध्यान दिनुपर्ने र राज्यले दिएको अपाङ्गहरु को अधिकार लाई सुनिष्चित गर्न स्थानिय तहले बिषेस भूमिका खेल्नु पर्ने आवस्यकता देखिन्छ ।

Facebook Comments Box