चुलाचुली को मान्छे खाने भिर
देवेन्द्र पौडेल, चैत्र २० चुलाचुली
इलाम को चुलाचुली गाउँपालिका वडा नम्बर ३ को सुकुना टोल स्थित अप्ट्यारे भिर बाट बिभिन्न मितिमा लडेर हाल सम्म ५ जना को मृत्यु भएको छ ।
हेर्दा सामान्य देखिने भिरमा कोही घाँस काटन जाँदा त कोही बाख्रा चराउन जाँदा लडेर मृत्यु हुने गरेको छ । गत चैत्र १३ गते मात्रै चुलाचुली ३ मंगलसिद्धी निवासी जब्बर बहादुर कुलुङ कि श्रीमती गोरीमाया एकाएक बेपत्ता भइन , धेरै खोजियो आफन्त छरछिमेक सबै तिर खोजतलास गरियो तर वहाँ फेला पर्नु भएन , ३ छोरा र १ छोरी कि आमा ५० वर्षिय गोरिमाया चैत्र १२ गते स्थानिय ख्यामराज न्यौपानेको पसलमा मोबाइल रिचार्ज कार्ड खरिद गर्न आएको र त्यसको भोली पल्ट देखी हराएको खबर सुन्दा अचम्मित भएको बताउन्छन पसलवाला न्यौपाने । गोरिमाया लाई खोज्दाखोज्दै थकित भएका श्रीमान, छोराछोरी, परिवार जन आफन्तहरु को कानमा गत चैत्र १८ गते आइतबार साँझपख एउटा आवाज गुन्जियो अप्ट्यारे भिरको मुनी एउटा मानिसको शब भेटियो रे भनेर । खोजी गर्दा उक्त शब उनै बेपत्ता गोरीमाया कुलुङ को रहेछ । उनि गोरिमाया कुलुङ एक बर्ष अघाडी बन मुद्धामा पक्राउ परी केहि समय जेल समेत बसेकी थिइन र सोही पिडाले गर्दा बेलाबेला उनको दिमागले काम नगर्ने गरेको पनि उनकी छोरीले बताएकी छिन ।
उक्त अप्ठारे भिरमा चुलाचुली ३ मंगलसिद्धी निवासी खडग खालिङ राइ कि कान्छी बहिनी चुरसी राइको पनि २०५५ साल असार १० गते बाख्रा चराउन जाँदा लडेर मृत्यु भएको थियो २७ वर्षिय अबिवाहित चुरसी राइ बाख्रा चराउन गएको तर बेलुका बाख्राहरु आधी जस्तो आएको र आधी बाख्रा सँगै मान्छे नआएका ले खोजी गर्दै जाँदा भोली पल्ट सोही अप्ठ्यारे भिरमुनी उनको लास भेटीएको उनका दाजु खडग खालिङ ले बताए । ३ बहिनी चेली हरु मा कान्छी बहिनी लाई उक्त अप्ठ्यारे भिरले खाएको दाजु खडग बताउछन ।
त्यसै गरी २०७३ सालमा चुलाचुली ३ मंगलसिद्दी निवासी मंगल सिं राइ ले ५४ वर्ष को उमेरमा सोही अप्ठ्यारे भिर को टुप्पो मा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । चुलाचुली ३ निवारी बुद्धिमान राइ को कान्छो भाइ मृतक मंगल सिं र उनकी भातिजी संगै घाँस काटन गएका र घाँस काटने क्रममा काका भातिजी थोरै वल्लो पल्लो डाँडा भएको र घाँस को भारी पुगे पछी काका लाई बोलाउदा नबोलेको र खोजी गर्दा रुख मा झुण्डिएको अवस्था मा फेला परेका थिए । बुद्धीमान आफ्ना भाइहरु सहित सन २००० मा भारत को आसाम बाट चुलाचुली आएर बसोबास गर्दै आएका हुन , मृतक मंगल सिं का छोरा ,छोरी ,श्रीमती को आसाम मै मृत्यु भएको कारण दाजुहरु तथा भातिजोहरु सँगै बस्दै आएका थिए ।
त्यसैगरी चुलाचुली ३ मंगलसिद्दी निवासी अमृत बहादुर थुलुङ (छिवाखोले) कि श्रीमती लक्ष्मी तामाङ्ग थुलुङ को २०७० साल कार्तिक २७ गते सोही अप्ठ्यारे भिर बाट लडेर मृत्यु भएको थियो । मृतक लक्ष्मी का श्रीमान अमृत का अनुसार बाख्रा लाई घाँस काट्न गएको तर फर्केर नआएको कारण खोजी गर्दै जाँदा १२ दिन पछी स्थानिय बाख्रा गोठाला गर्ने सोमु राइ ले सोही अप्ठ्यारे भिर मुनी ५६ वर्षिय लक्ष्मी तामाङ्ग थुलुङ को लाश फेला पारेको बताउछन । अमृत बहादुर थुलुङ पुराना दिन सम्झिदै भन्छन उसबेला यता दमक उर्लाबारी तिर लाश को पोष्ट मार्टम गर्ने सुबिधा थिएन त्यसैले भद्रपुर स्थित मेची अस्पताल मा लगेर पोस्टमार्टम गरी मेची खोलामा लास को सदगती गरेको बताउछन । ४ छोरा र ३ छोरी का पिता अमृत पाँचथर को फिदिम मा बस्दै आएका थिए २०६५ सालमा घर परिवार छोडेर कान्छी श्रीमती लक्ष्मी लाई च्यापेर मधेस झरी चुलाचुलीमा बस्दै आएका थिए तर पछिल्लो समय श्रीमतीको समेत मृत्यु भएपछी एक्लो जिवन बिताउदै आएका छन ।
यती मात्रै हैन सो भिर बाट २०६८ सालमा चुलाचुली ३ स्थित मेनुका घिमिरे को श्रीमान एकराज घिमिरेको पनि लडेर मृत्यु भएको थियो । २०६८ साल भदौ १२ गते नाता मा सालो पर्ने स्थानिय तारा कोइराला र मृतक एकराज घिमिरे घाँस काटन गरेका बेला रुख बाट लडेर मृत्यु भएको बताउछन मृतक घिमिरेका छोरा । उनका अनुसार मृतक घिमिरे लाई बेलाबेला छारे रोगले सताउने गरेको र घाँस काटन रुखमा चढेको अवस्था मा सो रोग ले च्यापेको र लडेर मृत्यु भएको हुन सक्ने उनको भनाइ छ । मृतक एकराज घिमिरे का ४ जना छोरा र २ जना छोरीहरु रहेका छन ।
यसरि निरन्तर एकै स्थानबाट लगातार मानिस हरु लडेर, झुन्डिएर मृत्यु भइ रहेकाले उक्त स्थानमा केहि दैविक शक्ती रहेको र बनका देवीदेवता हरु लाई धुपबाती गरी स्वस्ति शान्ती गरेमा आगामी दिनमा यस्ता घटना हरु कम हुन सक्ने बताउन्छन स्थानिय बयोबृद्ध हरु ।