सफलता को सारथी, मेची सहकारी
देवेन्द्र पौडेल
चैत्र २१ चुलाचुली पेल्टिमारी
झापाको दमक नगरपालिका वडा नम्बर ६ मा मुख्य कार्यलय रहेको मेची बहुउद्धेश्य सहकारी सस्था उद्धम गर्ने उद्धमिहरु लाई सफलता को सारथी बनीरहेको छ ।
२०५४ साल भदौ १२ गते सस्था का पुर्व अध्यक्ष स्व. गणेश प्रसाद बस्नेतको अगुवाइ तथ दमक नगरपालिका का पुर्व मेयर रोम नाथ वलीको अध्यक्षता मा रु. १ लाख ४५ हजार शेयर पुँजी बाट सुरु गरिएको मेची सहकारी मार्फत झापा,मोरङ्ग र इलाम का बिभिन्न स्थानमा १२ वटा सेवा केन्द्रहरु मार्फत १५ हजार ४ सय ३४ जना सदस्यहरु मार्फत ३ अर्ब ६२ करोड ३१ लाख ६८ हजार ४ सय १७ रुपैया बराबर को सम्पती रहेको छ भनें ३ अर्ब १६ करोड २० लाख २८ हजार रुपैया ॠण लगानी गर्दै अब्बल सहकारीहरु माझ मेची बहुउद्धेस्य सहकारी आफुलाई स्थापित गर्दै आइ रहेको छ ।
आपतकालिन कर्जा देखी लिएर दुइ पाङ्ग्रे सवारी कर्जा र घरायसि सामान कर्जा गरी १४ किसिम को कर्जा प्रवाह गरिरहेको मेची सहकारी ले आफ्ना सदस्य हरुलाई जन्म देखी मृत्युपर्यन्त सम्म सुबिधा दिने गरेको छ । आफ्ना सदस्यहरु को घरमा बच्चा बच्चीको जन्म भएमा जन्म दिनको उपहार तथा सदस्य स्वयम को मृत्यु हुँदा परिवार लाई २५ हजार आर्थीक सहयोग तथा सदस्य को दम्पतीको मृत्यु मा २६ हजार रुपैया आर्थीक सहयोग साथै बुवा आमको मृत्यु मा ५ हजार काजकृया खर्च उपलब्ध गराउने कार्य ले नै उक्त सस्थालाई उचाइ मा पुर्याएको बताउछ शेयर सदस्य हरु ।
सस्था मार्फत संचालित १२ वटा सेवा केन्द्रहरु मध्य २०७७ साल चैत्र १० गते देखी सुरु भएको सस्था को पाँचौ सेवा केन्द्र को रुपमा रहेको चुलाचुली सेवा केन्द्रले अहिले सम्म ४ सय ६५ जना सदस्यहरु बिच कारोबार गरिरहेको छ । सस्थाले सन्चालन गरेको बुहारी शेयर बोनस मार्फत सदस्य को घरमा आउने नयाँ बुहारीहरु लाई रु. एक हजार बराबर को शेयर निशुल्क दिने गरेको र सो कार्यक्रम अन्तरगत चुलाचुली क्षेत्रका ३ जना बुहारीहरु लाई उक्त सुबिधा प्रदान गरिसकेको चुलाचुली सेवा केन्द्रका प्रमुख राजकुमार कार्की ले जानकारी गराउनु भयो ।
६ करोड ३७ लाख ८ सय ३५ रुपैया ॠण लगानी गरेको चुलाचुली सेवा केन्द्रले दैनिक किस्ता भुक्तानी मा १३ प्रतिशत मासिक भुक्तानी मा १४ प्रतिशत र त्रैमासिक किस्ता भुक्तानी मा १५ प्रतिशत ब्याजदर लिने गरेको छ । आधिकारिक तथ्याङ्क सस्थाले नराखेता पनि महिला र पुरुष बराबर शेयर सदस्य रहेको चुलाचुली सेवा केन्द्रमा महिला कर्मचारी हरु भनें नरहेको जानकारी दिनु हुन्छ शाखा प्रमुख कार्की । १ कार्यलय ब्यवस्थापन समिती १ कर्जा समितीका साथमा ४ कर्मचारिहरु रहेको उक्त सेवा केन्द्र ले इलामको चुलाचुली गाउपालिका मा उद्धम गर्ने हरुका लागी आर्थीक पक्षमा निक्कै ठुलो टेवा पुर्याएको छ ।