देवेन्द्र पौडेल
चैत्र २३ ,चुलाचुली

इलाम को चुलाचुली गाउपालिका वडा नम्बर ३ स्थित श्री किराँतेश्वर माध्यमिक बिद्यालयको खेल मैदान मा भोली चैत्र २४ गते देखी पेल्टिमारी कप २०८० सुरु हुने भएको छ ।
पेल्टिमारी फुटबल क्लब को आयोजना रहेको उक्त प्रतियोगिता मा झापा , इलाम र मोरङ जिल्लाका ८ वटा फुटबल टिमहरु को सहभागिता रहने छ । भोली चैत्र २४ गतेको उदघाटन खेलमा एम.एफ.सि चुलाचुली – २ र रोयल एफ.सि. दमक बिच हुनेछ ।

त्यसै गरी प्रतियोगिता को दोश्रो दिनको खेल चैत्र २५ गते गोर्खाज सिंगापुर आर्मी र चेतनसिल एफ.सि. चुलाचुली बिच हुनेछ ।त्यसै गरी चैत्र २६ गतेको खेल मा तासी बोइज उर्लाबारी र चात्स्या दमक बिच हुनेछ भनें पहिलो चरण को अन्तिम खेल चैत्र २७ गते आयोजक पेल्टिमारी फुटबल क्लब र केर्खा फुटबल क्लब बिच हुनेछ ।

आरामी २०८१ बैशाख १ गते हुने उक्त पेल्टिमारी कपको फाइनल खेलको बिजेता टिम ले नगद रु. २५ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भनें प्रतियोगिता को उपबिजेता ले नगद रु. १५ हजार को साथ मा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

Facebook Comments Box