स्थानिय सरकारको लगानी मा मलामी टहरो
देवेन्द्र पौडेल
चैत्र २४, चुलाचुली
इलाम को चुलाचुली गाउपालिका वडा नम्बर ५ स्थित आँप झोला टोलमा स्थानिय सरकार को पुर्ण लगानी मा मलामी बिश्राम स्थल (मलामी टहरो) बन्ने भएको छ ।
आज चैत्र २३ गते चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ , चुलाचुली गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत केशब प्रसाद ढकाल तथा चुलाचुली गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष बबिन राइ ले संयुक्त रुपमा उक्त टहरोको सिलान्यास गर्नु भएको हो ।
चुलचुली गाउपालिका को आर्थीक वर्ष ८०/८१ मा बिनियोजित रु. ५ लाख लागत मा निर्माण गरिने सो मलामी टहरो १५.५० मिटर लम्वाइ र ४.२० मिटर चौडाइको रहने छ भनें सो टहरो निर्माण का लागी स्थानिय नेत्र बास्कोटा ले २ कठ्ठा जमिन नि:शुल्क उपलब्ध गराउनु भएको हो र सो टहरो सोमनाथ अधिकारिको अध्यक्षतामा निर्माण कार्य आजै देखि सुरु हो । उक्त सिलान्यास कार्यक्रम हिन्दू परम्परा अनुसार गरिएको थियो भनें सिलान्यास कै क्रममा सो वडाका वडाध्यक्ष बबिन राइले भन्नु भयो “यो मलामी टहरोको आसपास मा खानेपानीका लागी ट्युबेल , शौचालय को अत्यन्तै आवश्यकता रहेको साथै उक्त क्षेत्र खोलाको कटान प्रवाभित क्षेत्र भएकाले तारजाली समेत लगाउनु पर्ने कुराको मौखिक निवेदन समेत अध्यक्ष सामु प्रस्तुत गरेका छौ” भन्नु भयो ।
रतुवा खोलाको किनार मै बनाउन लागिएको सो मलामी टहरो निर्माण पश्चात बर्षात याममा मलामीहरु भिज्ने तथा गर्मीका समयमा मलामीहरुलाई अत्यन्तै मुस्किल हुने भएकाले सो स्थानमा मलामी टहरो आवश्यक देखिएको हो । हिन्दू परम्परा अनुसार मृतक लाई दाहसस्कार गर्न खोला मै लग्ने गरिएका ले पनि सो टहरो बनाउनु पर्ने भएको हो । सो शिलान्यास कार्यक्रम मा बोल्दै गाउपालिका अध्यक्ष ले भन्नुभयो “हामी मानिसहरु जन्मे पछी कोही पनि मर्न चाहन्नौ तर त्यही कुरो चै अनिवार्य छ र सो मृत्यु लाई पनि कसरी ब्यवस्थित गर्ने भन्ने कुरा को खोजी हो यो मलामी टहरो को निर्माण कार्य” । वहाँँ ले थप्नु भयो हामीले दिर्घजिवन का लागी अस्पताल बनायौ डक्टर राख्यौ त्यतीले मात्रै नपुगेर आज यहाँ मलामी टहरो को थालनी समेत गरेका छौ वहाँँ ले भन्नु भयो ।
इन्जिनियर ले बनाएको नक्सा र इस्टिमेट अनुसार को काम आज बाट नै सुरु गरेर जती सक्दो चाडो सम्पन्न गरी सार्वजानिक सुनुवाइ गर्दै सो टहरो समुदाय लाई हस्तान्तरण गर्ने निर्माण समिती का अध्यक्ष सोमनाथ अधिकारी ले जानकारी गराउनु भयो । चुलाचुली गाउपालिका को मुख्य घाट भनेकै रतुवा हो , यसको बिभिन्न स्थानमा स्थानियहरु ले आस्थाइ घाटका रुप मा प्रयोग गर्दै आएका छन ।समाधिस्थल लाई ब्यवस्थित र मलामी हरुको समस्यालाइ मद्यनजर गर्दै चुलाचुली गाउपालिका ले आफ्नै लगानिमा गाउँपालिका कै पहिलो मलामी विश्राम स्थल बनाउन लागेको हो ।
