इलामको उप निर्वाचन मा महिला उम्मेद्वार सुन्य
देवेन्द्र पौडेल
चैत्र २८ चुलाचुली
आगामी बैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्ब र २ को उप निर्वाचन मा उम्मेद्वारी दिएका १९ जना मध्य महिला सहभागिता सुन्य रहेको छ ।
मुख्य निर्वाचन अधिकृत को कार्यालय इलाम ले गत चैत्र २६ गते प्रकाशन गरेको उम्मेद्वार हरु को अन्तिम नामावलिको सुचना अनुसार उम्मेद्वारी दिएका २० जना मध्य स्वतन्त्र उम्मेद्वार केशब कुमार चापागाइ ले आफ्नो नाम फिर्ता गरे पछी निर्वाचन अधिकृत को कार्यालय ले १९ जना उम्म्द्वार अरु को अन्तिम नामावली प्रकाशन गरेको छ । जसमा महिला उम्मेद्वार सुन्य रहेको छ । आगामी बैसाख १५ गते हुने उप निर्वाचन मा इलामको क्षेत्र नम्ब र २ मा १२ जना दलिय उम्मेद्वार रहेका छन भनें ७ जना स्वतन्त्र उम्मेद्वार रहेका छन । जसमा ११ जना इलाम जिल्ला भित्र का उम्मेद्वार रहेका छन भनें ८ जना जिल्ला बाहिरका उम्मेद्वार रहेका छन ।
५५ हजार हाराहारी महिला मतदाता भएको इलामको निर्वाचन क्षेत्र नम्ब र २ मा एक जना पनि महिला उम्मेद्वार हरु देखा नपर्दा यस क्षेत्र मा महिला हरु को राजनितिक नेतृत्व सम्ब न्धी खासै चासो नरहेको देखिएको या राजनितिक नेतृत्व ले महिला उम्मेद्वार लाई अघाडी बढाउन नचाहेको यो भनें यसै भन्न सकिने अवस्था नरहेको देखिन्छ ।
गत २०७९ को निर्वाचन मा पनि सो निर्वाचन क्षेत्र बाट चुनावी मैदान मा एक जना मात्रै महिला सहभागी हुनु भएको थियो भनें यसपटक एक जना समेत महिला उम्मेद्वार नरहेको जानकारी प्राप्त छ ।
त्यसै गरी आगामी बैसाख १५ गते बझाङ जिल्ला निर्वाचन क्षेत्र नम्ब र १ को प्रदेश सभा सदस्य को निर्वाचन मा भनें १ जना महिला उम्मेद्वार ले उम्मेद्वारी दिएकी छिन र उनले चुनाब चिन्ह हाते माइक समेत प्राप्त गरेकी छिन । उनको उम्मेद्वारी सि के रावत नेतृत्वको जनमत पार्टी बाट भएको हो ।
