देवेन्द्र पौडेल
इलाम टाइम्स चुलाचुली

इलाम को चुलाचुली गाउपालिका वडा नम्बर २ मा रहेको प्रभातकालिन सामाजिक तथा वातावरणिय बिकाश समुह(SEDS) को आयोजना मा प्रथम नरेन्द्र योङया स्मृती वडा स्तरिय भेट्रान फुटबल प्रतियोगिता २०८१ आज देखी सुरु भएको छ ।
आज बैशाख २ गते बाट सुरु भएको उक्त भेट्रान फुटबल प्रतियोगिता आगामी बैशाख ५ गते सम्म सन्चालन हुनेछ भने सो प्रतियोगिता मा चुलाचुलीका ६ वटा वडा स्तरिय भेट्रान टिमका अलवा बन कार्यालय कर्मचारी टिम र जनता मा बि शिक्षक टिम गरी ८ टिम को सहभागिता रहेको छ ।
चुलाचुली २ खत्री चोक स्थित रतुवामाइ बृक्षरोपण आयोजना को खेल मैदानमा सन्चालित उक्त प्रतियोगिताको आज एक औपचारिक कार्यक्रम का बिच चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ उदघाटन गर्नु भएको हो, सो औपचारिक कार्यक्रम सस्थाका अध्यक्ष लक्ष्मी प्रसाद बेघा को सभापतित्व तथा कमल गाउपालिका का अध्यक्ष हुकुम सि राइ को बिशिष्ठ आतिथ्यता का साथै चुलाचुली गाउपालिका वडा नम्बर २ का अध्यक्ष लक्ष्मण श्रेष्ठ, ३ नम्बर वडाका अध्यक्ष प्रेम श्रेष्ठ को आतिथ्यता मा निरोज केदेम ले कार्यक्रम सन्चालन गर्नु भएको हो ।

आज सम्पन्न पहिलो दिनको खेलमा चुलाचुली १ नम्बर वडा ले चुलाचुली ५ नम्बर वडा लाई ४ / २ गोल अन्तर ले पराजित गरेको हो । निर्धारित समय मा २/२ गोल को बराबारी भए पछी टाइब्रेकर मार्फत १ नम्ब र वडा ले ५ नम्ब र वडा लाई पराजित गरेको हो । त्यसै गरी आजै सम्पन्न दोश्रो खेलमा चुलाचुली ४ नम्बर वडाको भेट्रान टिम ले बन कार्यालय कर्मचारी टिम लाई ३-० गोल अन्तर ले पराजित गरेको हो । सो प्रतियोगिता मा भोली को पहिलो खेल चुलाचुली २ नम्बर वडा भेट्रान टिम र जनता मा बि शिक्षक टिम बिच हुनेछ भने दोश्रो खेल चुलाचुली ३ नम्बर वडा र ६ नम्बर वडा का भेट्रान टिम बिच हुनेछ ।

तत्कालिन चुलाचुली गाउ बिकाश समिती वडा नम्बर ३ का वडाध्यक्ष स्व. नरेन्द्र योङ्गया को स्मृती मा आयोजित सो वडा स्तरिय भेट्रान फुटबल प्रतियोगिता को बिजेता टोली ले नगद रु. २५ हजार का साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन भने उप बिजेता टिम ले नगद रु. १५ हजार का साथ मा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।
स्व. नरेन्द्र योङ्गया २०५५ साल को स्थानिय निर्वाचन मा नेपाली काँग्रेस पार्टीका तर्फ बाट तत्कालिन चुलाचुली गा बि स वडा नम्बर ३ का वडाध्यक्ष मा बिजयि हुनु भएको थियो । सो निर्वाचन मा उनका प्रतिद्वान्दी नेकपा एमाले का उम्मेद्वार भिम भट्टराइ लाई स्व योङ्गया ले ६ मत को अन्तर ले पराजित गरेका थिए ।
२०३० साल मा जन्मेका स्व. नरेन्द्र योङ्गया ले २५ बर्ष को कालीलो उमेर मै वडाध्यक्ष को जिम्मेवारी सम्हालेका थिए भने २०७५ साल मा ४५ वर्ष को अल्पायु मै उनको मृत्यु भएको हो । सामाजिक भावनाका मिलनसार र समाजका लागी केहि गर्न पर्छ भन्ने भावना का ब्यक्तित्व स्व. योङ्गया लाई अहिले पनि समाजले आदर्श पुरुष का रुपमा मान्ने गरेको छ ।

Facebook Comments Box