पत्रकार र राजनितिक दलहरु बिच अन्तरकृया सम्पन्न
देवेन्द्र पौडेल
चुलाचुली , बैशाख ५
इलाम को चुलाचुली गाउपालिका भित्र रहेर सकृय रुपमा आगामी बैशाख १५ गते को उप निर्वाचनका लागी चुनाबी प्रचार प्रसार मा लगेका राजनितिक दलहरु सँग चुलाचुलीका स्थानिय पत्रकारहरु ले आज गाउपालिका को सभा हलमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेका छन ।
उक्त कार्यक्रम मा राजनितिक दलहरुका चुनाबी एजेण्डा , पहिचान का सन्दर्भ मा पाटिको आधिकारिक धारणा, रणनिती तथा चुनाबी आचार संहिता पालना का सन्दर्भ मा छलफल भएको हो । कार्यक्रम मा नेपाली काँग्रेस पार्टीका तर्फ बाट धर्म ढुङ्गाना, भिम चन्द्र बस्नेत र गंगा चापागाइ, नेकपा एस का राजकुमार राइ , मंगोल नेसनल अर्गनाइजेसन का लासाहाङ लिम्बु त्यसै गरी किराँत लिम्बुवान प्रदेश नामाङकन अभियान का उम्मेद्वार प्रेमदिप थाम्सुहाङ का प्रतीनिधी राजकुमार दावा तथा अशोक खस स्वतन्त्र उम्मेद्वार डकेन्द्र सि थेगिम का प्रतीनिधी धनेन्द्र केरुङ रहनु भएको थियो भनें आगामी उपचुनाब को तयारी भब्य रुपमा गरिरहेको नेकपा एमाले र रास्वपा ले भनें उक्त छलफल तथा अन्तरकृया कार्यक्रम मा आफ्ना प्रतीनिधी पठाएन ।
नजिकिदै गरेको उप निर्वाचन लाई लक्षित गरेर आयोजना गरिएको सो अन्तरकृया कार्यक्रम इलाम टाइम्स तथा चुलाचुली मिडिया ले संयुक्त रुपमा आयोजना गरिएको हो । राजनितिक दलहरु का एजेण्डा , आचार संहिता पालना तथा राजनितिक सस्कार को बिकास का लागी सो छलफल तथा अन्तरकृया कार्यक्रम को आयोजना गरिएको हो ।
चुलाचुली गाउपालिका को सभाहल मा आयोजना गरिएको सो कार्यक्रम मा केहि साना दलहरु ले भनें आफ्ना प्रचार सामाग्री हरु च्यातीने र सो स्थान मा अन्य पार्टिका प्रचार सामाग्री हरु राखिने गरेका ले यो चुनाबी आचार संहिता बिपरित भएकाले सम्बन्धित निकायले ध्यान दिनु पर्ने कुरामा जोड दिए । कार्यक्रम मा स्थानिय सरकार का तर्फ बाट चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ को समेत उपस्थिती रहेको थियो ।
