देवेन्द्र पौडेल
बैशाख १० चुलाचुली

आगामी बैसाख १५ गते हुने उप निर्वाचन लाई लक्षित गर्दै भोली बैसाख ११ गते मंगलबार चुलाचुली मा बिभिन्न ३ शिर्ष दलका नेताहरु को चुनाबी आमसभा हुने भएको छ ।
चुलाचुली गाउपालिका लाई केन्द्रीत गरेर सम्पुर्ण राजनितिक दल तथा स्वतन्त्र उम्मेद्वारहरुले चुनाबी आमसभा राख्ने गरेका छन । सोहि क्रममा भोली डम्बर खडका उम्मेद्वार रहेको नेपाली काँग्रेस पार्टीले आफ्ना केन्द्रीय स्तरका २ नेताहरु लाई चुलाचुली उतार्ने भएको छ । स्रोत का अनुसार चुलाचुली गाउपालिका वडा नम्बर ४ आइतबारे मा गरिने नेपाली काँग्रेस को बृहत चुनाबी आमसभा लाई उक्त पार्टिका नेताहरु बिश्वप्रकाश शर्मा र डा. शेखर कोइराला प्रमुख बक्ताहरु का रुपमा आउने पक्का भएको छ ।

त्यसै गरी राजेन्द्र लिङदेन अध्यक्ष रहेको राष्ट्रीय प्रजातन्त्र पार्टीका तर्फ बाट लक्ष्मी गुरुङ उम्मेद्वार रहनु भएको छ भनें सो पर्टिले पनि भोली चुलाचुली कै बिभिन्न स्थानहरु मा कोण सभा र मतदाता भेटघाट को कार्यक्रम राखेको छ । पार्टिका केन्द्रीय प्रवक्ता ज्ञानेद्र शाहीले सबै कोण सभाहरु लाई सम्बोधन गर्नु हुने राप्रपा का चुलाचुली नेता मान बहादुर पौडेल ले जानकारी दिनु भयो ।

त्यसै गरी भोली नै रास्वपा ले पनि बृहत चुनाबी आमसभा राख्ने निर्णय गरेको छ ।चुलाचुली ४ स्थित शान्ती चोकमा आयोजना गरिएको सो चुनबी आमसभा लाई राष्ट्रीय स्वतन्त्र पार्टिका सभापती रबी लामिछाने केन्द्रीय सदस्य हरु स्वर्णिम वाग्ले , सबिता गौतम ,मुकुल ढकाल का साथै उम्मेद्वार मिलन लिम्बु को उपस्थिती रहने छ ।
इलाम को क्षेत्र नम्बर २ मा हुन लागेको उप निर्वाचन मा चुलाचुली गाउपालिका मा १८ हजार ५ सय ४५ जना मतदाताहरु रहेका छन ।

Facebook Comments Box