देवेन्द्र पौडेल
चुलाचुली बैसाख १४

आगामी बैसाख १५ गते इलामको क्षेत्र नम्बर २ मा हुने प्रतीनिधी सभा सदस्य को उप निर्वाचन मा इलामको दक्षिणी पालिका चुलाचुली गाउपालिका बाट १८ हजार ५ सय ४५ जना मतदाता हरु सहभागी हुँदैछन ।

चुलाचुली गाउपालिका मा रहेका ६ वटा वडामा रहेका ९ मतदान स्थल भित्र १९ वटा मतदान केन्द्र रहेका छन । जसमा चुलाचुली को १ नम्बर वडामा रहेको ४ वटा मतदान केन्द्र मा ३ हजार ८ सय ९५ जना मतदाताहरु सहभागी हुनेछन । उक्त मतदान स्थलमा रहेको ‘क’ बुथ मा ९ सय ५२ जना को मतदाता नामावली रहेको छ भनें ‘ख’ बुंथ मा ९ सय ८० जना मतदाता सहभागी हुनेछन त्यसै गरी सोही मतदान स्थल को ‘ग’ बुँथमा ९ सय ८० जना र ‘घ’ बुँथ मा ९ सय ८३ जना मतदाताहरु सहभागी रहने छन । उक्त मतदान स्थलमा रहेको मतदाता संख्या इलाम निर्वाचन क्षेत्र नम्बर २ मा रहेका सम्पुर्ण मतदान स्थल मध्य को सबै भन्दा धेरै मतदाता भएको स्थल हो ।

त्यसै गरी चुलाचुली को २ नम्बर वडा को जनता माध्यमिक बिद्यालय मा रहेको मतदात स्थल मा ३ वटा मतदान केन्द्र रहेका छन भने सो मतदान स्थल मा जम्मा ३ हजार १ सय ७९ जना मतदाता हरु सहभागी हुनेछन सो स्थल को बुँध ‘क’ मा १०६४ जना ‘ख’ बुँथ मा पनि सोही संख्या १०६४ जना र ‘ग’ बुँथ मा १०५१ जना मतदाताहरु ले मतदान गर्नेछन ।
त्यसै गरी चुलाचुली को ३ नम्बर वडाका मतदाताहरु का लागी श्री किरातेश्वर मा बि मा मतदान स्थल तयार गरिएको छ सो मतदान स्थल मा ४ वटा बुँथ बाट ३ हजार ७ सय ७३ जना ले मतदान गर्नेछन , सो मतदान स्थल मा ४ वटा मतदान केन्द्र रहेका छन जसमा ‘क’ बुँथ बाट ८९६ जना ले मतदान गर्नेछन भनें अन्य ख , ग र घ बुँथ बाट ९२४ जना का दरले मतदान गर्नेछन ।
त्यसरि नै चुलाचुली को वडा नम्बर ४ स्थित बालज्योती माध्यमिक बिद्यालयमा रहेको मतदान स्थल बाट २ हजार ५ सय ३७ जना मतदाता ले मतदन गर्नेछन ३ वटा मतदान केन्द्र रहेको सो मतदान स्थल को ‘ग’ केन्द्र बाट ८५७ जना ले मतदान गर्नेछन भनें क र ख दुबै केन्द्र बाट ९४० जना का दर ले मतदान गर्नेछन ।

चुलाचुली गाउपालिका को वडा नम्बर ५ मा दुइ वटा मतदान स्थल रहेका छन जसमा भानु माध्यमिक बिद्यालय मा रहेको मतदान स्थल बाट १ हजार ५ सय ४७ जना मतदाता हरु सहभागि रहने छन जसमा रहेका २ वटा मतदान केन्द्र हरु ‘क’ र ‘ख’ बाट क्रमश ७५६ र ७९१ जना मतदाता हरु ले मतदान गर्ने भएका छन । त्यसै गरी सोही वडा को अर्को मतदान स्थल बाँझोगाउ माध्यमिक बिद्यालय मा रहेको एउटै मात्रै मतदान केन्द्र बाट ८८४ जना ले मतदान गर्ने भएका छन भनें उक्त मतदान स्थल मा इलाम क्षेत्र नम्बर २ मा रहेका २ जना तेश्रो लिङ्गी मतदाताहरु को समेत नामावली समावेश रहेको छ ।
त्यसतै चुलाचुली गाउपालिका वडा नम्बर ६ मा रहेका जम्मा २ हजार ८ सय ३० जना मतदाता हरु का लागी ३ वटा मतदान स्थल तय गरिएको छ जसमा दसमी बजार मा रहेको मिक्लाचोङ माध्यमिक बिद्यालय मतदान स्थल बाट ६२६ जना सहभागी हुनेछन भने फुङनाम मा रहेको राष्ट्रप्रेमी माध्यमिक बिद्यालय १ हजार ४७ जना मतदाता हरु सहभागि रहने छन त्यसै गरी तोरिबारी मा रहेको गितान्जली आधारभुत बिद्यालय मतदान स्थल मा १ हजार १ सय ५७ जना मतदाताहरु ले मतदान गर्नेछन जसमा ‘क’ बुँथ बाट ५६० जना र ‘ख’ बुँथ बाट ५९७ जना मतदाताहरु सहभागी रहने जानकारी मुख्य निर्वाचन आयोग को कार्यालय ले प्रकासन गरेको सुचना मा उल्लेख गरिएको छ ।

Facebook Comments Box