बिद्यालयमा निर्वाचन को अभ्यास
देवेन्द्र पौडेल
बैशाख २८ चुलाचुली /मतदान , मताधिकार लाई लोकतन्त्र मा निक्कै महत्वका साथ हेरिन्छ । पछिल्लो समय निर्वाचन को प्रकृया मा समेत स्वच्छन्दता नभएको भन्दै बिवादित बनाउन खोजिएता पनि लोकतन्त्र मा निर्वाचन नै एक मात्र गतिलो कडी मानिछ नेतृत्व छनौट गर्नका लागी ।
यसै क्रममा आज इलामको चुलाचुली चुलाचुली गाउ पालिका भित्र रहेका दुइ वटा बिद्यालयहरु मा बाल क्लब का पदाधिकारी हरु छनौट चुनावी प्रकृया बाट गरिएको छ ।
चुलाचुली गाउपालिका वडा नम्बर ३ मा रहेको सस्थागत बिद्यालय श्री अन्तु एकेडेमी मा श्री अन्तु बाल क्लब पुन;गठन का लागी निर्वाचन प्रकृया अपनाइएको हो । उक्त क्लब को मुख्य पाँच पदका लागी २२ जना विद्यार्थीहरु ले इच्छा जाहेर गरे पछी निर्वाचन को बाटो अपनाइएको थियो । सो निर्वाचन कार्यक्रम मा कक्षा ४ देखी माथी का १०६ जना विद्यार्थी हरु बाट ६० मत प्राप्त गर्दै युनिश सुब्बा अध्यक्षमा बिजयि बनें त्यसै गरी जेम्श खत्री ५९ मत प्राप्त गर्दै उपाध्यक्ष मा बिजयि बने , त्यसै गरी ७४ मत प्राप्त गर्दै माङगेना आङथुपो सचिब मा निर्वाचित भएका हुन त्यस्तै गरी २८ मत प्राप्त गर्दै सनिश्मा बान्तवा सहा सचिब मा निर्वाचित भएकी छिन । त्यसरि नै कोषाध्यक्ष पद का लागी ३६ मत प्राप्त गर्दै भीषण राइ निर्वाचित भएका छन ।
त्यसरि नै निर्वाचन को महत्व, मताधिकार को प्रयोग साथै निर्वाचन प्रणाली बाट नेतृत्व छनौट प्रकृया लाई सैदान्तिक ज्ञान लाई प्रयोगात्मक बनाउने उद्धेश्य ले बाल क्लब को पुन;गठन प्रकृया निर्वाचन मार्फत गर्दा अतिरिक्त कृयाकलाप सँगै निर्वाचन र मतदान को अनुभब समेत विद्यार्थी गर्ने भएकाले चुलाचुली गाउपालिका वडा नम्बर ३ स्थित श्री किरातेश्वर माध्यमिक बिद्यालय मा गठित शृजनशिल बालक्लब को सदस्य छनौट प्रकृया सम्पन्न भएको छ । उक्त मतदान कार्यक्रम मार्फत अस्मिता राइ अध्यक्ष , लक्ष्मी परियार उपाध्यक्ष , सचिब कृतिका काफ्ले , सह सचिब समिक्षा राइ र कोषाध्यक्ष पुर्निमा राइ निर्वाचित हुनु भएको छ ।
