जेष्ठ १३ पेल्टिमारी /इलामको चुलाचुली गाउँपालिका मा वडा स्तरिय लिग फुटबल प्रतियोगिता सन्चालन तयारी का लागि ” चुलाचुली च्याम्पियन्स लिग” समिती गठन गरिएको छ ।

केही दिन अघाडी चुलाचुली गाउपालिका भित्र रहेर फुटबल खेल प्रती रुचि भएका महानुभाब हरुको सल्लाह परामर्ष पश्चात् यो समिती गठन गरिएको हो।

हिजो जेष्ठ १२ गते सनिवार चुलाचुली ४ स्थित शान्ती चोक मा भएको भेला ले कैलाश थुलुङ राइको अध्यक्षता मा नौ सदसिय चुलाचुली च्याम्पियन्स लिग समिती गठन गरिएको हो । चुलाचुली गाउँ पालिका गाउँ कार्यपालिका सदस्य गंगा सुबेदिको उपस्थितिमा गठित सो समितिको उपाध्यक्ष मा सन्देश साम्सुहाङ चुलाचुली ६, सचिबमा कृष्ण गिरि चुलाचुली ३ , सह सचिब मा नगेन्द्र श्रेष्ठ चुलाचुलि २,कोषाध्यक्ष मा पर्वत यवा चुलाचुली ४ रहनु भएको छ भनें सदस्य हरुमा ज्ञानु लावती चुलाचुली १, सुमन हाङसुरुम्बा चुलाचुली ४ र भुमी राई चुलाचुली ५ रहनु भएको छ ।

स्थानिय फुटबल खेलाडी हरुको खेल कौशल बढाउन का साथै खेलाडिहरुलाइ ब्यावसायिक बन्न समेत अभ्यास गराउने लक्ष रहेको सो प्रतियोगिता कहिले देखि कहाँ हुने भन्ने कुरा टुङ्गो लागेको छैन ।

Facebook Comments Box