मनुशा पौडेल
१६ जेष्ठ ,चुलचुली

इलामको चुलाचुली गाउपालिका वडा नम्बर १ मा रहेको श्री जनता माध्यमिक बिद्यालयको नवनिर्मित प्रवेशद्वारको आज चुलाचुली गाउपालिका वडा नम्बर एक का वडाध्यक्ष पुर्ण कुमार लावती ले रिवन काटेर औपचारिक उदघाटन भएको छ ।
स्थानिय रुद्र बहादुर लाम्गादे ले आफ्नी मृतक धर्मपत्नी ईन्द्रमाया लाम्गादेको स्मृती मा ३ लाख ५० हजार रुपैया को लगानिमा सो प्रदेश द्वार निर्माण गरिदिनु भएको हो ।

बिद्यालय मा आज एक औपचारिक कार्यक्रम को आयोजना गरी सो नवनिर्मित प्रवेशद्वार बिद्यालय लाई हस्तान्तरण गरिनुका साथै औपचारिक रुप मा उदघाटन समेत गरिएको छ । बिद्यालय ब्यवस्थापन समिती कि अध्यक्ष सिता कुमारी लावती को अध्यक्षतामा तथा चुलाचुली गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष पुर्ण लावती को प्रमुख आतिथ्यता मा साथै चुलाचुली गाउपालिका का शिक्षा शाखा प्रमुख राम मिश्र को विशिष्ठ आतिथ्यता मा सो औपचारिक कार्यक्रम सम्पन्न गरिएको हो । साथै उक्त कार्यक्रम मा बिद्यालय ब्यवस्थापन समिती का सदस्य हरु, भुतपुर्व विद्यार्थी समाज का प्रतीनिधी ,आमा समुह , शिक्षक अभिभावक संघका प्रतीनिधी वडा नम्बर एक मा रहेका बिभिन्न टोल बिकाश सस्थाका प्रतीनिधीहरु लगायत को उपस्थिती रहेको थियो ।
उक्त अवसरमा चुलाचुली स्थित साना किषान कृषी सहकारी सस्थाले बिद्यालय मा अध्ययनरत कक्षा नर्सरि देखी कक्षा एक सम्म अध्ययनरत विद्यार्थीहरु लाई शैक्षिक सामाग्री का साथै झोला समेत बितरण गरिएको थियो । सस्था कि ब्यवस्थापक कविता लिम्बु ले दिएको जानकारी अनुसार कक्षा नर्सरि देखी कक्षा एक सम्म का ५३ जना विद्यार्थी हरु लाई ब्याग, पेन्सिल र कपी गरी एक लाख दश हजार बराबर को शैक्षिक सामाग्री बितरण गरिएको हो ।
साथै उक्त अवसर मा ताप्लेजुङ चाँगे सेवा समाज ले समेत २० हजार रुपैया बराबर को शैक्षिक सामाग्री बितरण गरेको छ । उक्त अवसर मा बिद्यालय का प्रधानध्यापक बिशाल देवान ले सहयोग गर्नु हुने सम्पुर्ण सहयोगदाता हरु प्रती बिद्यालय परिवार आभारी भएको र बिद्यालय को निम्तो लाई स्विकार गरेर कार्यक्रम मा पाल्नु हुने सम्पुर्ण महानु भाब हरु लाई समेत धन्यवाद ज्ञापन गर्नु भएको थियो । औपचारिक कार्यक्रम को सन्चालन शिक्षक सुदर लावती ले गर्नु भएको थियो ।

Facebook Comments Box