इलाम समाज हङकङ को आर्थीक सहयोग
देवेन्द्र पौडेल
जेष्ठ १६ पेल्टिमारी
प्रवासी इलामेली हरुको सस्था इलाम समाज हङ्कङ ले चुलाचुली नम्बर २ का क्यान्सर पिडित दिपक नेपाली लाई आर्थीक सहयोग उपलब्ध गराएको छ ।
चुलाचुली गाउपालिका वडा नम्बर २ मा मुलघर भइ हाल झापाको कमल गाउपालिका मा बसोबास गर्दै आउनु भएको ३८ वर्षिय दिपक नेपाली झापा दमकमा रहेको संगम स्विटमा सवारी चालक को रुप मा काम गर्दै आउनु भएको थियो ।
दुइ छोरी र एक छोराका बाउ दिपक लाई बिगत ३ महिना पहिला पेटमा समस्या आएपछी दमक को दमक अस्पताल मा गएर चेक जाँच गराउदा पत्थरिको समस्या हुन सक्ने भनि चिकित्सकहरु ले एक महिना सम्म सो रोगको औषधी सेवन गर्न समेत सुझाएका थिए , उनले त्यसै गरे तर ब्यथा भनें घटनु को साटो बढदै गयो ।
गत बैशाख २ गते झापा दमक कै निम्स अस्पताल मा भर्ना भएका दिपक लाई उक्त अस्पताल ले थप उपचारका लागी बैशाख ३ गते नोबेल शिक्षण अस्पताल बिराटनगर पठायो । पुन नोबेल ले बिराट शिक्षण अस्पताल लाई रेफर गरे पश्चात गता बैशाख ९ गते पहिलो र १५ गते दोश्रो गरी दुइ वटा अपरेसन गरे पछी एक महिना को अस्पताल बसाइ संगै दिपक घर त आए तर अस्पताल श्रोतले उनको शरिरमा किमो चढाउन पर्ने सल्लाह दिएका कारण परिवार लाई आर्थीक ब्यवस्थापन मा निक्कै संकट परिरहेको छ ।
दिपक का बुवा बिर बहादुर नेपालिका अनुसार अहिले सम्म ॠणपान गरेर उनको उपचार मा ८ लाख खर्च भेको र अब भनें उपचारका लागी घरबारी नै बिक्री गर्न पर्ने भएकाले आगामी १८ गते किमो चढाउन पैसा नभएका अवस्थामा इलाम समाज हङकङ हाम्रो लागी भागवान बनेर आएको बताउनु भयो ,३७ जना नेपालीले दिपक नेपालिको यो आर्थीक संकट लाई केही टेवा पुर्याउन रु. १ लाख ६६ हजार ६ सय ६३ रुपैया बिरामी दिपक को बुवा बिर बहादुर नेपाली लाई स्थानिय समाजसेवी गंगा बहादुर साउदेन का साथै जनता मा बि चुलाचुली २ का बि. ब्य. समिती अध्यक्ष मोहन देवान को उपस्थिती मा हस्तान्तरण गरियो ।
हाल दिपक लाई झापाको कमल गाउपालिका को पाडाजुङ्गी स्थित आफ्नै निवास मा राखिएको छ ।
