शैक्षिक सामाग्री बितरण गर्दै साना किसान चुलाचुली
देवेन्द्र पौडेल
जेष्ठ १७ चुलाचुली
इलाम को चुलाचुली गाउपालिका मा रहेको साना किसान कृषी सहकारी सस्थाले १ लाख ८० हजार बराबर को शैक्षिक सामाग्री बितरण गरेको छ ।
हिजो जेष्ठ १६ गते चुलाचुली गाउँपालिका वडा नम्बर १ मा रहेको जनता माध्यमिक बिद्यालय को नवनिर्मित प्रवेसद्वार उदघाटन को अवसर मा आयोजित एक कार्यक्रम मा उक्त सस्था साना किसान कृषी सहकारी ले सो बिद्यालय का ५३ जना छात्राछात्र हरु लाई ब्याग, पेन्शिल, कपी गरेर १ लाख १० हजार बराबर को शैक्षिक सामाग्री बितरण गरिएको थियो ।
सोही सस्थाले आज जेष्ठ १७ गते चुलाचुली ५ स्थित श्री बाँझोगाउ माध्यमिक बिद्यालय का ४० जना विद्यार्थी हरु लाई ७० हजार बराबर को ब्याग, कपी तथा पेन्शिल बितरण गरेको छ ।
बाँझोगाउ माध्यमिक बिद्यालय मा आज आयोजित शैक्षिक सामाग्री बितरण कार्यक्रम मा बोल्दै साना किसान कृषी सहकारी सस्था कि अध्यक्ष हेमकला बस्नेत ले ॠण र बचत गरेर मात्रै हुँदैन यदी सिङ्गो चुलाचुली मा केहि गर्नु छ भनें मसिना भाइबहिनी हरु को पढाइ मा उर्जा थप्नु पर्छ भन्ने निर्णय हाम्रो सिङ्गो टिमले गरेको हुँदा यस्ता कार्यक्रम लिएर आएका छौ भन्नुभयो । साथै वहाँ ले थप्नु भयो यस आर्थीक वर्षमा चुलाचुली का २ वटा बिद्यालयका भाइ बहिनीहरु लाई सहयोग गर्यौ आगामी दिनमा अन्य वडा का विद्यार्थीहरु लाई समेत सहयोग गर्ने कार्य लाई निरन्तरता दिनेछौ भन्नुभयो ।

त्यसै गरी उक्त शैक्षिक सामाग्री बितरण कार्यक्रम का प्रमुख अतिथी तथा चुलाचुली गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष बबिन राइले साना किसान सहकारी सस्थाको यो कार्यलाई चुलाचुलीका अन्य सहकारी तथा संघसस्था हरुले समेत अनुसरण गर्नु पर्ने कुरा बताउनु भयो । कार्यक्रम मा बिद्यालय का प्रधानध्यापक गणेश अधिकारी ले सहयोगदाता सस्था तथा कार्यक्रम मा उपस्थित सम्पुर्ण लाई धन्यवाद दिनुभयो ।
कार्यक्रम लाई समापन गर्दै बिद्यालय ब्यवस्थापन समिती का अध्यक्ष तथा शैक्षिक सामाग्री बितरण कार्यक्रम का सभाध्यक्ष ब्रत कुमार राइले बिगत मा प्रौढ कक्षा पढने महिला आमा दिदीबहिनी हरुले सुरु गरेको उक्त सहकारी अहिले यस्तो उचाइ मा पुगेको देख्दा गर्व लागेको छ भन्नुभयो,साथै महिलाहरु ले नेतृत्व गरेको साना किसान सहकारी चुलाचुलीका सहकारीहरु लाई नेतृत्व गर्न सक्ने अवस्थामा पुगेको छ भन्नुभयो ।
कार्यक्रम मा बिद्यालय को तर्फ बाट सहयोगदाता सस्था साना किसान कृषी सहकारी सस्ठा लाई सम्मान पत्र प्रदान गरिएको थियो ।
