शिक्षकहरुको क्षमता अभिबृद्धी कार्यशाला सम्पन्न
मनुशा पौडेल
इलाम टाइम्स चुलाचुली
इलामको चुलाचुली गाउपालिका वडा नम्बर तीन मा अवस्थित श्री अमृत बोर्डिङ स्कुल ले १५ दिने शिक्षकहरु को क्षमता अभिबृद्धी कार्यशाला जेष्ठ २१ गते सम्पन्न गरेको छ ।
समयानुकुल शिक्षकहरुले क्षमता अभिबृद्धी गरेमा मात्र विद्यार्थी लाई सोही अनुसारको पाठ्यपोषण गर्न सकिने र बिषेस गरेर पछिल्लो समय सम्पुर्ण बिद्यालयहरुमा अंग्रेजी माध्यम मार्फत पठनपाठन सुरु भएकाले खास अंग्रेजी किन आवश्यक छ र नेपाल मा पठनपाठन भइ रहेको अंग्रेजी र बिदेस मा पठनपाठन गराइने अंग्रेजी बिचको भिन्नता का सन्दर्भ मा समेत उक्त १५ दिने कार्यशाला गत जेष्ठ ६ गते देखी २१ गते सम्म सन्चालन भएको हो ।
दैनिक डेढ देखी २ घण्टा सम्म सन्चालन हुने उक्त क्षमता अभिबृद्धी कार्यशाला मा श्री अमृत बोर्डिङ्ग स्कुलका ११ जना शिक्षक हरु को सहभागिता रहेको थियो भनें सो १५ दिने कार्यशाला लाई बृटिश ल्याङ्वेज तथा ट्युसन सेन्टर दमक का प्रमुख गगन लावती ले सहजीकरण गर्नु भएको थियो ।
गत जेष्ठ २१ गते उक्त कार्यशाला समापनका लागी गरिएको औपचारिक कार्यक्रम मा शिक्षकशिक्षिका हरुले आ आफ्नो अनुभब हरु सुनाउनु भएको थियो । तालिम अघाडी भन्दा तालिम पछाडी आफुहरुलाई कक्षा मा गरेर पढाउन थप उर्जा मिलेको बताउनु भयो । उक्त समापन कार्यक्रम मा बोल्दै चुलचुली गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठ ले यो तालिम तालिम मा मात्रै सिमित नभएर एउटा गुण स्त रिय शिक्षा प्रदान र क्षमतावान विद्यार्थी उत्पादन गर्ने कार्यको थालनी हो भन्नु भयो र आगामी दिनमा यस्ता तालिम हरु वडामा रहेका सामुदायिक बिद्यालय मा समेत सन्चालन गर्न पहल गर्ने बताउनु भयो । समापन कार्यक्रम मा बोल्दै सहजकर्ता गगन लावती ले भन्नु भयो हामी शिक्षकहरु पुरानो पाठयसामाग्री पढेर आएका हौ र त्यही शैलीमा आफुले पनि पढाउनु स्वाभाभिक हो तर साच्चिकै नेपाल लाई परिवर्तन गर्नु छ भने शिक्षा प्रणाली बाट मात्रै सम्भब छ र त्यसका लागी पहिलो चरण मा विद्यार्थी लाई भन्दा पनि शिक्षक को अध्यापन शैली मा परिवर्तन गर्न सकियो भनें स्वत यो पुरानो शैक्षिक प्रणाली बिस्थापित भएर नयाँ प्रणाली स्थापित हुने छ ।
समापन कार्यक्रम मा बोल्दै उक्त सभाका सभाध्यक्ष सन्तोष राइले उपस्थित सम्पुर्ण अतिथीहरु का साथै तालिम मा सहभागी सम्पुर्ण लाई धन्यवाद दिनु भयो ।
पछिल्लो समय सस्थागत बिद्यालय हरु कमाइ खाने धन्दा हो, गरीब निमुखा ले पढाउनै नसक्ने खर्चिलो शैक्षिक प्रणाली भन्ने आरोप खेपिरहेका सस्थागत बिद्यालय हरु पनि समाज परिवर्तन का संवाहक हुने भन्ने उदाहरण अमृत बोर्डिङ स्कुलको यो तालिमले जनाएको छ । बजेट जति सामुदायिक बिद्यालय मा खन्याउने अनि सस्थागत बिद्यालय मा भनें स्थानिय सरकारको स्थानिय कानुन भन्दै कर असुली र कानुन मात्रै नलगाएर यस्ता नयाँ तथा रचनात्मक कृयाकलाप हरुको स्थानिय तहले खुलेरै प्रसंशा साथै सहयोग गर्न आवश्यक देखिन्छ ।
