चुलाचुली बन्यो छुवाछुत मुक्त पालिका
देवेन्द्र पौडेल
जेष्ठ २६ चुलाचुली
इलामको चुलाचुली गाउपालिका लाई जातिय भेदभाब तथा छुवाछुत मुक्त गाउपालिका घोषणा गरिएको छ ।
हिजो जेष्ठ २५ गते सुक्रबार चुलाचुली गाउपालिका वडा नम्बर ४ स्थित पाथिभरा बचत तथा ॠण सहकारी सस्थाको सभा हलमा एक कार्यक्रमको आयोजना गर्दै गाउपालिका लाई छुवाछुत मुक्त गाउपालिका चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ मार्फत गरिएको हो ।
मानिस लाई जातको आधारमा गरिने भेदभाब कानुनी रुपामा दण्डनिय भएकाले नेपाली समाज मा अशिक्षा र अज्ञानता का कारण अझै पनि जातिय भेदभाब रहेका ले समाज लाई समुन्नतत दिगो बिकास तर्फ डोहोर्याउन नसक्ने भएका ले यसको अन्त्य गरिनु आवश्यक रहेकाले चुलाचुली गाउपालिका मा रहेको पालिका स्तरिय दलित समान्वय समिती को आयोजना तथा छुवाछुत बिरुद्ध दवाब समुह को सहआयोजना मा उक्त छुवाछुत मुक्त गाउपालिका घोषणा कार्यक्रम सम्पन्न गरिएको हो । उक्त घोषणा सभा लाई औपचारिकता दिदै छुवाछुत बिरुद्ध दबाब समुहका अध्यक्ष चक्र गजमेर ले कार्यक्रम को सभापतित्व गर्नु भएको थियो भनें कार्यक्रम को प्रमुख अतिथी गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ्ग हुनुहुन्थ्यो । त्यसै गरी कार्यक्रम को विशिष्ठ अतिथीहरु मा चुलाचुली गाउपालिका उपाध्यक्ष दिल कुमारी लावती तथा मानब अधिकार मन्च इलाम का कार्यकारी अधिकृत तथा अधिवक्ता देवेन्द्र शंकर हुनुहुन्थ्यो । त्यस्तै अन्य अतिथीहरु मा चुलाचुली गाउपालिका का वडाध्यक्ष हरु प्रेम श्रेष्ठ, सागर जबेगु, बबिन राइ को पनि उपस्थिती रहेको थियो त्यस्तै गरी अन्य जिल्लाबाट आउनु भएका अतिथीहरु मा दमक सुन चाँदी ब्यावसायी संघ तथा बिश्वकर्मा समाजका अध्यक्ष काँसीराम खाती, दलित अभियान्ता तथा प्रेस चौतारी कोशी प्रदेस समिती सदस्य मिना बिश्वकर्मा को समेत उपस्थिती रहेको थियो ।
कार्यक्रम मा आयोजकले गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ , उपाध्यक्ष दिल कुमारी लावती तथा मानब अधिकार मन्च इलाम का कार्यकारी अधिकृत देवेन्द्र शंकर लाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
कार्यक्रम मा बोल्दै गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ ले आफु स्थानिय सरकारमा गए पछीको मुख्य कामहरु मध्य यो पनि एउटा रहेको थियो र आज पुरा भएको छ । वहाँ ले भन्नु भयो अब सुरु भएको छ चुलाचुली मा समावेसी बिकास को रफ्तार , अध्यक्ष ले कार्यक्रम बाटै वडाहरु लाई निर्देशन दिनु भयो दलित समुदाय बाट आएका योजना हरु देखिने गरी कार्यन्वयन गर्न का लागी ।
जातिय भेदभाब तथा छुवाछुत मुक्त गाउपालिका घोषणा संगै दलित लक्षित एक दिवशिय प्रशिक्षण तथा वडा अन्तरकृया समेत सन्चालन गरिएको थियो ।उक्त प्रशिक्षण कार्यक्रम लाई अधिवक्ता तथा प्रशिक्षक नरेश खाती ले प्रशिक्षण गर्नु भएको थियो ।
चुलाचुली गाउपालिका को स्थानिय तह मा जनप्रतिनिधी का रुपमा ७ जना वडा सदस्य हरु रहनु भएको छ भनें उक्त समुदाय को हकहित संरक्षण र अधिकारका लागी ३ वटा सस्था हरु छुवाछुत बिरुद्ध दबाब समुह , बिश्वकर्मा सेवा समाज तथा पालिका स्तरिय दलित समान्वय समिती सकृय रुपमा काम गरिरहेका छन भनें पालिका भरी ६ सय २५ घरधुरी मा ३२ सय को हाराहारी मा उक्त समुदाय का जनसंख्या हरु बसोबास रहेको छ ।
दलित समुदाय लाई कानुन ले संरक्षण गरेता पनि दलित का नाममा सिमित पहुंचवाला उक्त समुदाय तथा गैर दलित समुदाय का सिमित ब्यक्तीहरु ले त्यसको फाइदा लिइ रहेको इतिहास भएता पनि पछिल्लो समय सुचना र प्रविधी को बिकाश का साथै उक्त समुदाय मा समेत चेतना को स्तर बढदै गएकाले परिवर्तन देखिन थालेको र यसरि नै समाजका सम्पुर्ण समुदाय हरु को उन्नती बिना सम्बृद्ध समाज असम्भब रहेकाले उक्त कार्यमा समुर्ण जनसमुदाय ले यथा सक्य सहयोग गर्न आवश्यक रहेको छ ।
